राष्ट्रिय निकुञ्जबाट यार्सागुम्बा सङ्कलन सुरु
संखुवासभा | जेठ १३, २०७९
सङ्खुवासभा: सङ्खुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जबाट बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन सुरु भएको छ । दुई बर्षदेखि रोकिएको यार्सागुम्बा सङ्कलनकार्य जेठ १० गतेदेखिसुरु गरिएको निकुञ्जले जनाएको छ ।
निकुञ्जका कार्यालयप्रमुख रामदेव चौधरीका अनुसार कोरोना भाइरस सङ्क्रमणका कारण दुई वर्षदेखि निकुञ्जले यार्सागुम्बा सङ्कलनमा रोक लगाएको थियो । उक्त निकुञ्ज क्षेत्रमा दुई प्रजातिका यार्सा पाइन्छ ।
कार्यालयले सोलुखुम्बुको महाकुलुङ र छेस्काम मध्यवर्ती उपभोक्ता समिति, सङ्खुवासभाको किमाथाङ्का मध्यवर्ती उपभोक्ता समिति, चेपुवा, अरुण वरुण, मकालु, पाथीभरा, सेदुवा, पुखुवा, सिलिचोङ, मांतेवा, ताम्कु, बाला र सिसुवा मध्यवर्ती उपभोक्ता समितिमार्फत पुर्जी दिने व्यवस्था गरेको छ । अनुमति लिएका व्यक्ति वा समूहले जेठ १० गतेदेखि असार १० गतेसम्म यार्सा सङ्कलन गर्न पाउने छन् ।
यार्सागुम्बा मकालु गाउँपालिका, भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रको मकालु वरुण निकुञ्जलगायत ठाउँमा पाइन्छ । उच्च हिमाली क्षेत्रका बान्सिदाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा मानिन्छ । सङ्कलित यार्सागुम्बा बिक्रीमार्फत उनीहरुले वर्षभरिको आवश्यक घर खर्च, बालबच्चा पढाउने गरेका स्थानीयको भनाइ छ ।
यार्सागुम्बा सङ्कलन गर्न निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रभित्रका स्थानीयलाई ५००, मध्यवर्ती क्षेत्र बाहिरका तर जिल्लाभित्रकालाई रु दुई हजार र जिल्ला बाहिरकाको लागि रु तीन हजार प्रवेश शुल्क तोकेको छ ।
निकुञ्जले विगतका वर्षमा यार्साबाट वार्षिक रु ५० लाख बढीको राजस्व सङ्कलन गर्ने गरेको छ । गुणस्तरका आधारमा १ नम्बरको यार्सागुम्बालाई केजीको रु ४० लाखसम्ममा बिक्री हुने गरेको भए पनि सङ्खुवासभामा यार्सागुम्बाप्रति केजी रु साढे पाँच लाखदेखि साढे सात लाखसम्ममा किनबेच हुने गरेको व्यापारीको भनाइ छ ।
यसरी सङ्कलन गरिएको यार्सा चीनको तिब्बती तथा काठमाडौँमा बढी निकासी हुने गरेको छ । निकुञ्ज सङ्खुवासभा र सोलुखुम्बुको एक हजार ५०० वर्गकिलोमिटरमा फैलिएको छ ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

