कोस्टारिकासँग हारेर पनि स्टेडियममा छाडेनन् जापानी समर्थकले ...

पाेखरा | मंसिर १३, २०७९

कोस्टारिकासँग हारेर पनि स्टेडियममा छाडेनन् जापानी समर्थकले ...

पोखराः एसियन राष्ट्र जापानले कतारमा जारी विश्वकप फुटबलमा कोस्टारिकासँग हारेर पनि विश्वको ध्यानाकर्षित गरेको छ । 

 

लिग चरणको दोस्रो खेलमा कोस्टारिकासँग हारेर स्तब्ध बनेको जापानी समर्थकहरुले खेलपछि पनि स्टेडियम छाडेनन् । स्टेडियम रित्तिदै गएपछि उनीहरु सरसफाईमा केन्द्रित भए । 

 

कोस्टारिका समर्थिन फ्यानहरु स्टेडियम बाहिर निस्केपछि हारको पीडालाई बिर्सेर उनीहरुले पुरै प्यारापिटमा रहेका फोहोर संकलन गरी निर्धारित स्थानमा जम्मा गरिदिएका थिए । 

 

जापानी समर्थकको कार्यलाई विश्वभरबाट प्रशंसा गरिएको छ । यूरोस्पोर्टले उनीहरुको तस्बिर सार्वजनिक गरेपछि जापानी समर्थकलाई विश्वभरका फुटबलप्रेमीले प्रशंसाको शब्द खर्चेका छन् । 
 

 

उनीहरुको कार्यप्रति नतमस्तक भएका डिलन व्ह्टिटेकर लेख्छन्, ‘गज्जबको संस्कार, विश्वले जापानीहरुबाट सिक्नैपर्छ ।’ त्यस्तै, सिल्भिया फेमीले लेखेकी छिन्, ‘भलै जापान फुटबलमा हार्ला तर मानवीय गुण, संस्कार र आदरमा कहिल्यै हार्दैनन् । 

 

समूह ‘इ’ मा रहेको जापान कोस्टारिकासँग हारेपनि पहिलो खेलमा जर्मनीमाथि २–१ को जीत हात पारेको छ । 

 

अब जापानले समूह चरणमा स्पेनसँग शुक्रबार खेल्नेछ । 

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्

पोखरा:   सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।    नेपाल फोटो पत्र...

थप पढ्नुहोस्