विदेशमा उच्चशिक्षा अध्ययन गर्न ‘मेवन’ले सघाउनेछः डाइरेक्टर पोखरेल

काठमाडाैं | जेठ १३, २०७९

विदेशमा उच्चशिक्षा अध्ययन गर्न ‘मेवन’ले सघाउनेछः डाइरेक्टर पोखरेल

अष्ट्रेलियामा केन्द्रिय कार्यालय रहेको मेवन कन्सल्टेन्सीले पोखराबाट सेवा शुरु गरेको छ । कन्सल्टेन्सीको नेपालस्थित यो तेस्रो शाखा हो । 

 

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले शाखाको उद्घाटन गर्दै विदेशबाट शिक्षा र सभ्यता लिएर फर्कन अनुरोध गरे । 

 

सोहीक्रममा पोखरा शाखाकी प्रबन्ध निर्देशक भावना पोखरेलले विदेश पढ्न चाहने विद्यार्थीलाई पोखराबाटै सहयोग दिने उद्देश्यले मेवनको शाखा सुरु गरेको बताइन् । ‘भाषा, प्रोसेसिङ्, परामर्श र आवश्यक सहयोगबारे पूर्ण जानकारी नपाउँदा विद्यार्थी रनभुल्ल छन्’ पोखरेलले भनिन् ‘मेवनको उद्देश्य विद्यार्थीलाई सम्पूर्णरुपमा सहयोग गर्ने हो ।’

 

पोखरा वा नेपालभित्रमात्र नभएर विदेश पुगेपछि पनि विद्यार्थीहरुलाई आवश्यक सहयोग रहने उनको दाबी छ । स्मरणीय छ, मेवनको १३ देशमा शाखा रहेका छन् । 

 

पोखरा महानगरपालिका नजिक रहेको मेवनले उद्घाटनको अवसरमा विशेष छूटको अवसर दिएको छ । पोखरेल भन्छिन्, ‘प्रोसेसिङ् र आइएलटीएस, पिटिइ कक्षामा विशेष छूट छ ।’
 

उद्घाटनसत्रमा सय बढी विद्यार्थीले मेवनबारे जानकारी लिएका छन् । 

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्