सप्तरीका बेपत्ता राउतको हत्या
सप्तरी | मंसिर १४, २०७९
सप्तरी: सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उहाँको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मङ्गलबार फेला परेको हो ।
हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो । बेपत्ता भएपछि राउतको खोजी गरिदिन उनका परिवारका सदस्यले प्रहरीलाई अनुरोध गरेका थिए ।
“तालिमप्राप्त कुकुरको साथमा घटनाको अनुसन्धान अघि बढाएका छौँ”, उहाँले भन्नुभयो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

