एमाले सङ्घ र सात वटै प्रदेशमा सरकार बनाउने हैसियतमा छः उपमहासचिव गुरुङ

काठमाडाैं | मंसिर १६, २०७९

एमाले सङ्घ र सात वटै प्रदेशमा सरकार बनाउने हैसियतमा छः उपमहासचिव गुरुङ तस्बिर फाइल

पोखराः   नेकपा एमालेका उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सङ्घ र सात वटै प्रदेशमा एमाले सरकार बनाउन सक्ने हैसियतमा रहेको दाबी गर्नुभएको छ ।  । 


लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिन प्रेस चौतारी नेपालले आज (शुक्रवार) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै गुरुङले संघ र सात वटै प्रदेशमा एमाले सरकार बनाउन सक्ने हैसियत रहेको दाबी गरेका हुन् । 


तर त्यसका लागि पार्टीले दिनरात खटेर पहलकदमी लिनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । उहाँले नेकपाको एकतालाई जोगाउन नसकिएकै कारण आफ्नो पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा अपेक्षित परिणाम ल्याउन नसकेको बताउनुभयो ।


आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताउनुभएको छ । सत्तारूढ गठबन्धनलाई तोडेर वामपन्थी शक्तिहरूलाई एकजुट बनाउँदै एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने उहाँको भनाइ थियो । 


यस्तै उपमहासचिव गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमै सरकार बन्ने प्रचारलाई तोडेर एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने बताउनुभयो । देशमा प्राप्त उपलब्धिलाई रक्षा गर्नका लागि, देशको स्वाधीनतामाथि धावा बोल्ने कामलाई रोक्नका लागि एमाले नेतृत्वमा सरकार बन्नुपर्ने उहाँको तर्क थियो । 


उहाँले भन्नुभयो, ‘म फेरि पनि भन्छु– नेकपा एमाले नेतृत्वको सरकार बनाउने काममा हामी लाग्नुपर्छ । अब शेरबहादुर नै प्रधानमन्त्री भनेर जोडतोडले दुष्प्रचार भइराखेको छ, कुप्रचार भएको छ । प्रधानमन्त्री को होला, त्यो बेग्लै कुरा हो । तर हामीले सकारात्मक सोच भएका शक्तिहरूबीच सरकार बनाउनुपर्छ । यो दक्षिणपन्थी गठबन्धनलाई तोडिएन भने देशमाथि आइरहेका जोखिमका कुराहरू, राष्ट्रिय स्वाधीनतामाथि धावा बोलिरहेको स्थितिलाई हामीले अन्त्य गर्न सक्दैनौँ । नेकपा एमालेको नेतृत्वमा अबको सरकार बन्नुपर्छ । अबको पावर शेयरिङमा एमालेको महत्त्वपूर्ण भूमिका हुनुपर्छ ।’


 

मुस्ताङ:  मुस्ताङको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास क्षेत्रका लागि निस्किएका १४ जना पर्यटक तथा पदयात्री केहीबेर अघि जिल्ला प्रशासन कार्यालय मुस्ताङको सम्पर्कमा आएका छन् । ...

थप पढ्नुहोस्

मुस्ताङ:   मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।  यहाँको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँ...

थप पढ्नुहोस्

काठमाडौं:   २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन गर्न तथा पुनःनिर्माण योजना तयार गर्नका लागि अध्ययन गर्न ...

थप पढ्नुहोस्