युनाइटेड भलिबल कपको तयारी तिब्र, विजेतालाई १ लाख ११ हजार १ सय ११
पाेखरा | मंसिर १६, २०७९
PHOTO: SANDESH BARAL
पोखरा: आगामी २२ गतेदेखि पोखरा महानगरपालिका ३ स्थित छन्त्याल समाजको भलिबल कोर्टमा आयोजना हुने भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।
युनाइटेड पोखरा क्लबको आयोजनामा हुने ‘युनाइटेड पोखरा भलिबल कप’ को तयारी तिब्रपारिएको क्लबका अध्यक्ष अनिल गुरुङले जानकारी दिए ।
उनका अनुसार सो प्रतियोगिताको पुरुष तर्फको विजेताले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरि उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् ।
उनले महिला तर्फको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ४४ हजार ४ सय ४४ तथा उपविजेताले ३० हजार ३० रुपैयाँ प्रदान गर्ने बताए ।
भलिबल खेलको विकास गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताबाट संकलित रकममध्ये केही अनाथ बालबालिका, वृद्धाश्रममा सहयोग गरिने आयोजकले जनाएको छ ।
टिम दर्ता आगामी मसिंर २१ गते साझँसम्म टिम दर्ता गर्न सकिने बताइएको छ ।
मुस्ताङ: मुस्ताङको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास क्षेत्रका लागि निस्किएका १४ जना पर्यटक तथा पदयात्री केहीबेर अघि जिल्ला प्रशासन कार्यालय मुस्ताङको सम्पर्कमा आएका छन् । ...
मुस्ताङ: मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । यहाँको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँ...
काठमाडौं: २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन गर्न तथा पुनःनिर्माण योजना तयार गर्नका लागि अध्ययन गर्न ...

