युनाइटेड भलिबल कपको तयारी तिब्र, विजेतालाई १ लाख ११ हजार १ सय ११
पाेखरा | मंसिर १६, २०७९
PHOTO: SANDESH BARAL
पोखरा: आगामी २२ गतेदेखि पोखरा महानगरपालिका ३ स्थित छन्त्याल समाजको भलिबल कोर्टमा आयोजना हुने भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।
युनाइटेड पोखरा क्लबको आयोजनामा हुने ‘युनाइटेड पोखरा भलिबल कप’ को तयारी तिब्रपारिएको क्लबका अध्यक्ष अनिल गुरुङले जानकारी दिए ।
उनका अनुसार सो प्रतियोगिताको पुरुष तर्फको विजेताले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरि उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् ।
उनले महिला तर्फको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ४४ हजार ४ सय ४४ तथा उपविजेताले ३० हजार ३० रुपैयाँ प्रदान गर्ने बताए ।
भलिबल खेलको विकास गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताबाट संकलित रकममध्ये केही अनाथ बालबालिका, वृद्धाश्रममा सहयोग गरिने आयोजकले जनाएको छ ।
टिम दर्ता आगामी मसिंर २१ गते साझँसम्म टिम दर्ता गर्न सकिने बताइएको छ ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

