आन्दोलनपछि पद्य नर्सिङ कलेजमा पढाई सुचारु
पाेखरा | मंसिर १८, २०७९
तस्बिरः महेन्द्र उपाध्यायको फेसबुकबाट
पोखराः पोखरा महानगरपालिका ८ जाल्फारोडस्थित पद्य नर्सिङ कलेजमा पढाई रोकिएको ३ महिनापछि पढाई सुचारु भएको छ ।
चौतर्फीदबाव र आन्दोलनपछि बसेको पद्म नर्सिङ अस्पताल, नदिपुर र नर्सिङ क्याम्पसको बैठकले कर्मचारीको तलब दिने सहमतिसँगै पठनपाठन सुचारु भएको हो ।
विभिन्न विषयमा सहमति भएपछि पढाई सुरु भएको अस्पतालका व्यवस्थापक नरेश पौडेलले जानकारी दिए ।
उनका अनुसार कलेजमा कार्यरत कर्मचारीहरुले २० महिनादेखि तलब नपाएको भन्दै विद्यार्थी कलेज गएपनि शिक्षक नआउँदा भदौं देखि कक्षा सञ्चालन हुन सकेको थिएन । पद्य नर्सिङ कलेजमा कार्यरत शिक्षक, कर्मचारीहरुले २० महिनादेखि रोकिएको तलब पाए मात्र पढाउन सुरु गर्ने अडानसहित प्रशासन, श्रम कार्यालय र सिटिभीटिमा निवेदन दिएका थिए ।
कलेजमा नियमित पढाई नभएपछि नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुुले बुधबार कलेज प्रशासन अगाडी विद्यार्थीसहित पढाई सुरु गर्न दबाब दिएको थियो ।
पिसिएल तेस्रो वर्षको अन्तिम परीक्षाको फारम भरेका विद्यार्थीहरु भदौ देखि नियमित पढाई नहुँदा आफुहरु चिन्तित भएको एक विद्यार्थीले बताएका थिए ।
कलेजमा कार्यरत एक कर्मचारीका अनुसार समयमा नै तलब नपाउँदा घरभाडा तिर्न देखि बालबच्चाको विद्यालयमा शुल्क तिर्नसमेत समस्या भएको सुनाएका थिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

