लागूऔषधसहित प्रकाउ परेका अधिकारीलाई म्याद थप
पाेखरा | मंसिर १९, २०७९

पोखरा: पोखरामा लागूऔषधसहित प्रकाउ परेका किसन अधिकारीलाई १० दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको छ ।
जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्वामा १० दिन को म्याद थप गरी अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
वडा प्रहरी कार्यालय गगनगौँडा कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा वडा नं.३० पावरहाउस स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारीसाधन चेकजाँच गर्ने क्रममा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका ३ स्थायी घर भई हाल पोखरा वडा नं.१० अमरसिंह चोक बस्दैँ आएका किसन अधिकारीलाई लागूऔषधसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार अधिकारीको साथबाट डाईजापाम ५० एम्पुल, फेनेरागल ५० एम्पुल र नुर्फिन ५० एम्पुल गरी जम्मा १५० एम्पुल लागूऔषध र १ थान मोबाइल फेला परेको थियो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको उक्त विधेयक पौडेलले ...
काठमाडौं: नेपाली क्रिकेट टीमले युएईको भिसा पाएको छ । भिसा प्राप्त गरेसँगै नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएकोछ । नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू ज...
बैतडी: बैतडीमा अरिंगालले टोक्दा एक जनाको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका-५ बिनपत्याका ४० वर्षीय लक्ष्मण दयालको अरिंगालको टोकाइबाट मृत्यु भएको हो। गएको भदौ २२ गते अरिंगालको टोक...