टाइब्रेकरमा जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा

पाेखरा | मंसिर १९, २०७९

टाइब्रेकरमा जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा

पोखराः   क्रोएसियाले टाइब्रेकरमा जापानलाई ३-१ ले हराउँदै क्वाटरफाइलनमा प्रवेश गरेको छ ।
 

गोलरक्षक डोमिनिक लिभाकोभिचले टाइब्रेकरमा तीन पेनाल्टी विफल पारेपछि क्रोएसिया फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको हो ‌।


सोमबार अल जनौब रंगशालामा निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । त्यसपछि अतिरिक्त ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो ।


जापानका लागि ताकुमी मिनामिनोको पहिलो प्रहार नै गोलरक्षक लिभाकोभिचले रोकिदिए । त्यसपछि निकोला भ्लासिचले गोल गर्दै क्रोएसियालाई अघि राखे । काअरु मितोमाको प्रहार पनि विफल पार्दै लिभाकोभिचले क्रोएसियालाई बलियो स्थितिमा पुर्याए ।


मार्सेलो ब्रोजोभिचले गोल गरेपछि ताकुमा असानोले पनि जापानका लागि गोल गरे । क्रोएसियाको लागि मार्को लिभाजाको प्रहार पोस्टमा लाग्दा जापानका माया योशिदाको पेनाल्टी लिभाकोभिचले विफल पारे । मारियो पासालिचले क्रोएसियाको चौथो प्रहारमा गोल गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरे । 

 

हाम्रो खेलकुद

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।   गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...

थप पढ्नुहोस्

  पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ ।   बुद्धटोल ...

थप पढ्नुहोस्

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्