पाँचौ अभियान भलिबल प्रतियोगिता पुषको ७ गतेदेखि
पाेखरा | मंसिर २०, २०७९
पोखराः अभियान युवा क्लवको आयोजनामा हुने पाँचौ अभियान पुरुष भलिबल प्रतियोगिता पुषको ७, ८ र ९ गते हुने भएको छ । पोखरा ५ मालेपाटन खेलमैदानमा हुने क्लव स्तरिय उक्त भलिबल प्रतियोगितामा १२ टिम मात्र सहभागिता रहने क्लब अध्यक्ष तथा प्रतियोगिता संयोजक राजु गिरीले जानकारी दिए ।
युवाहरुलाई खेलकुद प्रति आकर्षण गर्न र उदीयमान खेलाडीको प्रोत्साहन गर्न प्रतियोगितालाई नियमित गरिएको संयोजक गिरीले बताए । उनका अनुसार प्रथम हुने टिमले ८० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्धित्तिय हुने टिमले ४० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको प्रायोजन विगतका वर्षझै यसपटक पनि प्रा.डा. भरत खत्रीले गरेका छन् । प्रतियोगितालाई भव्यरुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत गठन गरिसकिएको संयोजक गिरीले जानकारी दिए ।
विगत १६ वर्षदेखि क्लवले विभिन्न सामाजिक कार्य, वृक्षरोपण, स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना, तालिम, खेलकुद लगाएतका कार्य गर्दै आएको छ ।
काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । गण्डकी प्रदे...
प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् । भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...
दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

