घाइतेहरुको उपचारमा कुनै कसर बाँकी राख्दैनौं: महासचिव आचार्य

पाेखरा | मंसिर २०, २०७९

घाइतेहरुको उपचारमा कुनै कसर बाँकी राख्दैनौं: महासचिव आचार्य

पोखरा:   पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनी केन्द्रमा गत १६ गतेदेखि समृद्धि स्टिल्स् राष्ट्रिय औद्योगिक व्यापार महोत्सव जारी छ । उक्त महोत्सवमा विभिन्न क्षेत्रका व्यवसायीक स्टलदेखि मनोरञ्जनका लागि बाल उद्यान तथा सांगीतिक माहौल छ ।  


महोत्सवकै क्रममा बाल उद्यानको रोटेपिङ खेल्ने क्रममा (आइतबार) गत आइतरबार रोटेपिङको एउटा डिब्बा अनियन्त्रित हुदाँ तीन जना खसेर घाइते भए । अहिले उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । 


उनीहरुको उपचारमा कमी नगराउने पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले बताए । उनका अनुसार घाइतेमध्ये बालिका सामान्य उपचारपछि घर फर्किसकेकी छिन् भने ति बालिकाको आमा जनरल वार्डमा उपचाररत छिन् । 


यसैगरि गम्भीर अवस्थामा रहेकी २२ वर्षीया अस्मिता लिम्बुको गण्डकी मेडिकल कलेजको सघन कक्षमा उपचार भइरहेको छ ।


महासचिव आचार्यले घाइतेहरुको उपचारमा केही बाँकी नराख्ने बताउदै निरन्तर भेटघाट गर्न पुगेको  बताए । 


‘पोखरामा हाम्रो महोत्सव यतिबेला जारी छ, मेलामा व्यवसायीदेखि सामान खरिद गर्न र मनोरञ्जन गर्न स्थानीय आइराखेका छन्, उनले भने, ‘मेलामा राखिएको बालउद्यान रोटेपिङबाट खस्दा गम्भिर घाइते हुन पुगेकी बहिनीको उपचारमा महासंघले कुनै कसर बाँकी राख्दैन । डाक्टर र परिवारसँग निरन्तर सम्पर्कमा छौं यहाँ सम्भव नभए काठमाडौं लान पनि हामी तयार छौं । त्यसैले त्यो अप्रिय घटनाले हामीलाई दुख तुल्याएको छ । तथापी हामीले उपचारमा केही कमी नगर्ने हिसाबले अपटुडेट भइरहेका छौ ।’

 


उनले महोत्सवमा सगरमाथा इन्स्युरेनसले साथ दिएको बताउदै बीमारकममार्फत घाइतेको उपचार गरिरहेको सुनाए ।  ‘पहिले पहिलेको संस्करणमा बीमा थिएन । अहिले हामीले संभावित जोखिमलाई मध्यनजर गर्दै बीमा कम्पनीसँग समन्वय गरेका छौ, उनले भने, घाइते हुनुभएका बहिनीहरुको उपचारको लागि अहिले संघले नै खर्च गरिरहेका छौ । महोत्सवपछि बीमा कम्पनीबाट भुक्तानी गर्नेछौ ।’


उक्त घटनापछि रोटेपिङ केही समयको लागि बन्द गरिएको जानकारी दिए । महासचिव आचार्यले जिल्ला प्रशासन कार्यालय कास्कीको सहमतिपछि अन्य बालउद्यान सञ्चालन भएको बताउदै रोटेफिङको बारेमा छलफल भइरहेको जानकारी दिए । ‘अहिले रोटेपिङ बाहेक अरु पिङहरु सञ्चालनमै छ । यो पिङबारे पनि प्रशासनसँग समहती गरेर केही दिनमै सञ्चालनमा ल्याउनेछौ ।’

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्