विश्वकपको क्वाटरफाइनल समीकरण पूरा, पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसिया भिड्दै
काठमाडाैं | मंसिर २१, २०७९
काठमाडौं: एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप – २०२२ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति पोर्चुगल र स्विट्जरल्यान्डबीचको खेलसँगै अन्तिम आठमा पुग्ने सबै ८ टोलीको टुंगो लागेको हो ।
साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन् ।
नेदरल्यान्डले अमेरिकालाई ३–१, अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१, फ्रान्सले पोल्यान्डलाई ३–१, इंग्ल्यान्डले सेनेगललाई ३–०, ब्राजिलले दक्षिण कोरियालाई ४–१ ले र पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको छ ।
यस्तै क्रोएसियाले जापानलाई टाइब्रेकरमा ३–१ र मोरक्कोले स्पेनलाई टाईब्रेकरमै ३–० ले पराजित गरी क्वाटरफाइनलमा स्थान बनाएको छ ।
पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स, तेस्रो क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्ड तथा अन्तिम क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...
गण्डकी: मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...
काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

