सातौं पर्वतीय महोत्सव: चित्रकला प्रतियोगिता सम्पन्न

पाेखरा | मंसिर २१, २०७९

सातौं पर्वतीय महोत्सव: चित्रकला प्रतियोगिता सम्पन्न

पोखरा:  सातौं पर्वतीय महोत्सवअन्र्तगत अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता सोमबार सकिएको छ ।  पोखरामा हुने ७ औँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवको पूर्वसन्ध्यामा नेपाल पर्वतारोहण संघ र पर्वतीय संग्रहालय प्रतियोगिता आयोजना गरेका हुन् ।


प्रतियोगितामा ३६ विद्यालयले सहभागिताको लागि निवेदन दिएका थिए । जसमध्ये ३३ विद्यालय प्रतियोगितामा सहभागी भएको महोत्सव मूल आयोजक समितिले जानकारी दिएको छ । प्रतियोगितामा पोखराका विभिन्न विद्यालयमा ८ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थी सहभागी गराइएको थियो ।

 


संग्रहालयकी निर्देशक तथा महोत्सव मूल आयोजक समिति सदस्य सचिव निर्मला न्यौपानेका अनुसार प्रतियोगिताको नतीजा महोत्सव उद्घाटनको दिन २४ गते सार्वजनिक गरिने छ । प्रतियोगितामा सहभागी भएका प्रथम, द्वितीय, तृतीय भएका विद्यार्थीलाई उद्घाटनको दिन प्रमुख अतिथिबाट पुरस्कार वितरण गरिने छ । 


प्रतियोगितामा विद्यार्थीको लागि सान्त्वना पुरस्कार पनि राखिएको छ । प्रतियोगिताको निर्णायक मण्डलमा मनोज तामाङ, शान्तकुमार श्रेष्ठ र हरेराम जोजिजु छन् । प्रतियोगितामा पर्यटन परिषद्का सञ्जयकान्त सिग्देल पनि सहभागी थिए ।


डिसेम्बर ११ लाई अन्तराष्ट्रिय पर्वतीय दिवसको रुपमा मनाउन  थालेपछि पर्वतारोहण संघले हरेक वर्षदेखि पोखरा अन्तराष्ट्रि पर्वतीय संग्रहालयमा महोत्सव आयोजना गर्दै आएको छ । मंसिर २४ र २५ गते हुने ७ औं महोत्सवमा पर्वतीय वातारण, जैविक विविधता, प्राकृतिक स्रोत लगायतका विषयमा जोड दिएको छ । 


‘वुमन मुभ माउन्टेन’को नारासहित मनाउन लागिएको महोत्सवमा यसवर्ष पनि विभिन्न कार्यक्रम र प्रतियोगिता राखिएको छ । महोत्सवमा हिमाली क्षेत्रमा हुने खेललाई प्राथमिकतामा राख्दै धनुषवाण (आर्चरी), छेलो लगायतका खेल कार्यक्रम पनि राखिएको छ । यो बाहेक महोत्सवमा सडक दौड, साइक्लिङ प्रतियोगिता पनि छ । 


यस्तै महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको सहकार्यमा सगरमाथा आधार शिविर व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको पनि आयोजना भएको छ । 
 

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको उक्त विधेयक पौडेलले ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली क्रिकेट टीमले युएईको भिसा पाएको छ । भिसा प्राप्त गरेसँगै नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएकोछ । नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू ज...

थप पढ्नुहोस्

बैतडी: बैतडीमा अरिंगालले टोक्दा एक जनाको मृत्यु भएको छ।    शिवनाथ गाउँपालिका-५ बिनपत्याका ४० वर्षीय लक्ष्मण दयालको अरिंगालको टोकाइबाट मृत्यु भएको हो।  गएको भदौ २२ गते अरिंगालको टोक...

थप पढ्नुहोस्