बेनीमा माटोको ढिस्कोले पुरिदा निर्माण व्यवसायी बरुवालको मृत्यु

म्याग्दी | मंसिर २१, २०७९

बेनीमा माटोको ढिस्कोले पुरिदा निर्माण व्यवसायी बरुवालको मृत्यु

बेनी:  बेनीमा बुधबार माटोको ढिस्कोले पुरिbf एक निर्माण व्यवसायीको मृत्यु भएको छ। 


बेनी नगरपालिका–८ स्थित म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणमा स्थलमा खसेको ढिस्कोले पुरिएर अन्नपूर्ण गाउँपालिका–६ घारका ४५ वर्षीय कृष्ण बरुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
 

भवन निर्माणका लागि खनिएको जगको नाँपजाँच गर्न पुगेका बरुवाललाई ढिस्कोले पुरेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए। 


स्थानीयवासी र प्रहरीले डोजरको सहायताले ढिस्को पन्छाएर उद्धार गरी बरुवाललाई उपचारका लागि बेनी अस्पतालमा लगिएको थियो । अस्पताल पुर्‍याउँदा मृत घोषणा गरेका थिए । बरुवाल उत्तरगंगा निर्माण सेवाका सञ्चालक हुन् ।  


ठेक्का लिएको योजनाको काम समयमै सम्पन्न गर्ने सिमित निर्माण व्यवसायी मध्यमा बरुवाल थिए । बरुवाल नेपाली कांग्रेसको अन्नपूर्ण गाउँपालका वडा नम्बर ६ को वडा इकाई समिति सभापतिसमेत थिए । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्