पोखरा महोत्सवका ६० प्रतिशत स्टल बुकिङ

पाेखरा | मंसिर २१, २०७९

पोखरा महोत्सवका ६० प्रतिशत स्टल बुकिङ

पोखरा:  पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौ संस्करणको पोखरा महोत्सवको ६० प्रतिशत स्टल बुकिङ भएको छ । युनाईटेड क्लवको आयोजनामा आगामि पुषको २७ देखि माघको ९ गते सम्म अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवका लागि स्टल खुल्ला गरिएको दोश्रो दिनमा ६० प्रतिशत स्टल बुकिङ सम्पन्न भएको महोत्सव स्टल ब्यवस्थापन उपसमिति संयोजक सिमा गुरुङले जानकारी दिइन ।


महोत्सवमा २ सय ५९ वटा स्टल रहेको र त्यसको ६० प्रतिशत बुकिङ भइसकेको गुरुङले वताइन । महोत्सवमा ब्यवशायिक स्टल बाहेक ६ वटा स्टल पर्यटन प्रवद्र्धनका लागि निशुल्क गरिएको छ (जहां ग्रामिण पर्यटन पर्वद्धन गर्ने गरी स्टल राख्न सकिनेछ)। त्यसैगरी महोत्सवमा १२ वटा रेष्टुरेण्ट र अन्य ब्यवशायिक स्टलहरु हस्तकला, अटो, कृषि उपज तथा उत्पादन लगायतका स्टलहरु रहने छन ।


स्थापना कालदेखी पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी, सेतीनदी संरक्षण र विपद ब्यवस्थापनको क्षेत्रमा युनाईटेड क्लवले काम गर्दै आइरहेको छ ।


जस अनुरुप युनाईटेड क्लवको पहलकदमीमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३०, ३१ र ३२ मा हाल चिडियाखाना निर्माणाधिन अवस्थामा रहेको छ भने त्यसको पूर्ण स्वामित्व गण्डकी प्रदेशले लिइ जिल्ला डिभिजन वन कार्यालय कास्की र चिडियाखाना निर्माण समिति मार्फत निर्माण कार्य अगाडि वढिरहेको छ । हाल सम्म चिडियाखाना निर्माणमा युनाईटेड क्लवले ५८ लाख ८५ हजार रुपैया प्रदान गरिसकेको क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्