मुल्य वृद्विको विरुद्धमा अनेरास्ववियुको प्रदर्शन, हेरौं तस्वीरहरु
कास्की | जेठ १४, २०७९
पोखरा: पेट्रोलियम पदार्थको मूल्य वृद्धि जनताको हितमा नभएको भन्दै पोखरामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युुनियन (अनेरास्ववियु) ले विरोध जनाएको छ ।
पोखरा १ बगरस्थित पृथ्वीनारायण क्याम्पस गेटमा प्रधानमन्त्री शेर बहादुर देउवाको राजिनामा माग गर्दै नाराबाजी सहित विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले प्रदर्शनका क्रममा ‘मूल्य वृद्वि फिर्ता गर, नालायक सरकार राजीनामा दे, शेरे चोर देश छोड्’ लगायतका नारा लगाएका थिए । साथै जिल्ला प्रहरी कार्यालयका कस्कीले शुक्रबार अनेरास्ववियुका समर्थक माधव पौडेललाई पक्राउ गरेकाले विनाशर्त रिहाईको माग गरेका थिए ।
तस्वीर: अर्जुन गाहा (सुशान्त) /सुनगाभा न्यूज











चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

