पार्टीमा कोही पनि तलमाथि भएको छैन: लामिछाने
काठमाडाैं | मंसिर २२, २०७९
चितवन: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक सांसद छनोटलाई लिएर पार्टीमा कोही पनि तलमाथि नभएको बताएका छन् ।
भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले पार्टी प्रणाली र विधिबाट दायाबाया नहुने बताए ।
पार्टीले गरेको प्राइमरीमा बढी मत आएकाहरुलाई छाडेर कम मत आएकाहरुलाई समानुपातिक सांसदमा बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाहरुले रास्वपा कार्यालयमा विरोध गरेका छन् । लामिछानेले पार्टीभित्र कोही पनि तलमाथि नभएको भन्दै भने, ‘मैले नै खबरदारी गर्नुहोला भनेको छु, जे भन्छ त्यो मान्नुपर्छ भन्ने छैन, कोही आत्तिनुपर्ने पनि छैन ।’
सरकारमा जाने विषयमा पार्टीले परिस्थितिको आकलन गरिरहेको लामिछानेले बताए ।
नागरिकताको विषयमा सोधिएको प्रश्नमा रास्वपा सभापति लामिछानले राज्यले गर्ने छानबिनमा सघाउने बताए । ‘अनुसन्धानमा बोलाउँदा जाने हो, जानकारी गराउने हो,’ उनले भने, ‘निर्वाचन आयोगले विजयी घोषणा गरिसक्यो, प्रमाणपत्र दिइसक्यो ।’
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

