लेकसाइडमा थपियो १२ करोडको ‘थ्री सिक्स्टी स्काई लाउन्ज’
पाेखरा | मंसिर २२, २०७९
पोखराः चिल्ली ग्रुपले पोखराको लेकसाइडमा हिमालयन ग्लोरी इन प्रा.लि (होटल) तथा थ्री सिक्स्टी स्काई लाउन्ज (रेन्टुरेन्ट) सञ्चालनमा ल्याउको छ ।
पोखरा महानगरपालिका ६ हल्लनचोकमा पर्यटन क्षेत्रमा क्रियाशील व्यवसायिक समूह ‘चिल्ली ग्रुप’ ले पत्रकार सम्मेलन गर्दै भोलिदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइने जानकारी दिइएको हो ।
हिमालयन ग्लोरी इन प्रा.लि तथा थ्री सिक्स्टी स्काई लाउन्ज करिब १२ करोडको लगानीमा सञ्चालनमा ल्याइएको म्यानेजर लेखनाथ पहारीले बताए । ‘होटल तथा रेस्टुरेन्टको निर्माण सन् २०१८ मा करिब १० करोडको लगानीमा सम्पन्न गर्ने गरी निर्माण शुभारम्भ गरेका हौं, ९० प्रतिशत निर्माण सम्पन्न भएपछि विश्वव्यापी रुपमा कोरोना भाइरससँगै विविध कारणले समयमा निर्माण सम्पन्न हुन सकेन्, पहारीले भने, ‘ निर्माण सम्पन्न गर्ने लक्ष्य भन्दा साढे २ वर्षपछि सञ्चालनमा आएको होटल करिब १२ करोड लगानी भएको छ ।’
उनका अनुसार ३० देखि ४० जनाको सिटिङ क्षमताको मिनी मिटिङ हल रहेको रेस्टुरेन्टमा बाल्कोनीसहितका १५ कोठा भएको होटल एवम् रिसेप्शन, एयर कन्डिसन रुम रहेको छ भने, पृथक शैलीमा निर्माण गरिएको होटल तथा रेस्टुरेन्टमा लिफ्ट जडान गरिएको छ । औपचारिक शुभारम्भ भोलि २३ गते (शुक्रबार) हुने र सोलो गगनको लाइभ सांगीतिक प्रस्तुती समेत रहने प्रालिले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

