महिनावारीका विषय शैक्षिक पाठ्यक्रममा समावेश गर्नुपर्छ: सांसद भट्टराई
पाेखरा | मंसिर २३, २०७९
पोखरा: नवनिर्वाचित नेकपा एमालेकी प्रतिनिधिसभा सांसद विद्या भट्टराईले महिला प्रजननसंग जोडिएको महिनावारीको विषयमा समाजलाई सचेत र सकरात्मक बनाउनको लागि शैक्षिक पाठ्यक्रममै समावेश गर्नुपर्ने बताएकी छन् ।
सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशले आयोजना गरेको लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत महिनावारी शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
महिलाको प्रजनन अंगसंग जोडिएर गरिएका बहसहरु अझैपनि अपहेलित भएका कारण विद्यालयमा शिक्षण सिकाईमै यो विषय समावेश गर्न आवश्यक रहेको बताईन् । उनले बदलिँदो समयमा केहि हदसम्म समाज यस विषयमा सकरात्मक भएपनि पुर्ण रुपमा व्यवहारमा लागु गर्नका लागि राज्यका नीतिनियमहरु बन्नुपर्नेमा उनले जोड दिईन् ।
कार्यक्रममा ग्लोवल एक्सन नेपालका विके श्रेष्ठले महिलाहरुको शैक्षिक प्रगति, महिलाको स्वास्थ्य प्रजनन प्रति समाजको दृष्टिकोणलाई राज्यले नै अवलम्वन गरिनुका साथै नितिनियममा ध्यान दिनु आवश्यक रहेको बताए ।
त्यसैगरी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा डब्ल्यु डब्ल्यु जे गण्डकी अध्यक्ष सरिता तिमिल्सिना पंगेनीले अहिले महिनावारीका समयमा परिवार र समाजले रुढीवादी परम्पराका वाहानामा भएका दुव्र्यव्हारलाई लिएर महिलाले उजुरी दिएमा कानुनी दायरामा ल्याउने निति रहेको जानकारी दिईन् । उनले राज्यबाट यस विषयमा कानुनी निति बनाएपनि महिनावारीका विषयमा परिवारबाट दुव्र्यव्हार भयो भनेर कसैले उजुरी दिएको छ भन्दै प्रश्न गरिन् ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले समाजमा रुढीबादी परम्पराको बाहानामा महिलाहरु माथी भएका दुव्र्यव्हारका मुद्धाहरु सञ्चार माध्यमकै कारणले धेरै परिवर्तन भएको बताईन् ।
उनले सुदुरपश्चिममा हुने छाउपडी प्रथा देखि लिएर अहिले यस विरुद्ध राज्यबाट कानुन निर्माण गर्नुपर्ने आवाज उठ्नुमा सञ्चारमाध्यम मार्फत पत्रकारहरुले खेलेको भुमिका महत्वपुर्ण रहेको बताईन । कार्यक्रममा कास्की जिल्ला भित्रका विभिन्न विद्यालयका करिव ५० जना भन्दा वढी शिक्षकशिक्षिकाहरुको उपस्थिती रहेको थियो ।
काठमाडौं: यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...
काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ । महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । &...
पोखरा: प्रहरीले धारिलो हतियार देखाइ विदेशी नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । आइतबार पोखरा–२२ अनदु जङ्गलको सार्वजनिक स्थानमा ६७ वर्षीय जर्मन नागरिक अन्स पिटर म...

