सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीको सचेतना अभियान
कञ्चनपुर | जेठ १४, २०७९

कञ्चनपुर: सडक दुर्घटना बढ्दै जान थालेपछि यहाँ प्रहरीले ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । सडक दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक ¥याली आयोजना गर्ने, पर्चा, पम्पलेट वितरण गर्ने, चालकलाई सिटबेल्ट बाँध्न सिकाउनेलगायत कार्य प्रहरीले अगाडि बढाएको छ ।
“मोटरसाइकल दुर्घटनाका घटना केही समयदेखि निकै बढदै गएका छन्”, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले भन्नुभयो, “मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सडक लेन अनुशासन पालना गराउन, हेल्मेटको प्रयोग गरी मोटरसाइकल तोकिएको सीमित गतिमा चलाउनका लागि चालकलाई सचेतना दिने कार्यमा जुटेका छौँ ।”
तीव्रगतिले जीउधनको क्षति हुने भएकले यसबारे चालकलाई सचेत पार्नका लागि प्रहरीलाई भीडभाड हुने क्षेत्र र सम्भावित दुर्घटना हुने क्षेत्रमा परिचालनसमेत गरिएको छ । “तनाव र अस्वस्थता भएका बेला पनि दुर्घटना हुने निकै सम्भावना रहन्छ”, प्रहरी निरीक्षक सिंहले भन्नुभयो, “यस्तो अवस्थामा सवारीसाधन चलाउनु नै बेस हुन्छ, यसका लागि पनि सचेत पार्ने काम भइरहेको छ ।”
सवारीसाधन चलाउँदा ओभरटेक नगर्ने र दूरी कायम गरी सवारीसाधन चलाउनका लागि समेत प्रहरी चालकलाई सम्झाउने बुझाउने कार्यमा संलग्न भएका छन् । सवारीसाधनको क्षमताभन्दा बढी यात्रु नचढाउने, सवारीसाधन चलाउँदा सिट बेल्ट अनिर्वायरूपमा चालकले बाँध्ने, सवारीसाधनमा यात्रुलाई झुन्ड्याएर नचढाउनेलगायत कार्य रोक्नका लागि प्रहरीले कार्य अगाडि बढाएको छ ।
सवारीसाधन चलाउनुभन्दा अगाडि सवारीको अवस्थाबारे अनिवार्यरूपमा जाँच गर्ने र मोटरसाइकल चलाउँदा आवश्यक कागजातका साथै हेल्मेट लगाएर मात्र चलाउने कार्य गर्नुपर्ने कुरा चालकलाई प्रहरीले सडकमै बताउने गरेको छ ।
झलारी–पिपलाडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरेन्द्रप्रसाद भण्डारी ट्राफिक नियमको पालना गरे सम्भावित दुर्घटनाबाट बच्न सकिने बताउनुहुन्छ । प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यलाई निरन्तररूपमा जारी राख्ने जनाएको छ ।
ट्राफिक नियमको उल्लङ्घन गर्दै अटेरी गरेर सवारीसाधन चलाउनेलाई नियमानुसार कारबाही गरी जरिवाना तिराउने कार्यलाई समेत तदारुकताका साथ अगाडि बढाइएको छ । सवारी चालकले मादक पदार्थ सेवन गरे÷नगरेकोबारे र द्रुतगतिमा सवारी हाँक्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीमाथि कडाइ गर्ने कार्य गरिरहेको छ ।
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...