स्कुल टोल विकास संस्थाको साधारणसभा तथा अधिवेशन सम्पन्न

पाेखरा | मंसिर २५, २०७९

स्कुल टोल विकास संस्थाको साधारणसभा तथा अधिवेशन सम्पन्न

पोखरा:   पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडास्थित स्कुल टोल विकास संस्थाको २१ औं साधारणसभा एवम् १० औं अधिवेशन एक कार्यक्रमका बीच आज सम्पन्न भएको छ ।

    
कार्यक्रमको पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा वडा अध्यक्ष कार्कीले समाजका हरेक गतिविधिमा सबैको साथ र सहयोग आवश्यक रहनेमा जोड दिनुभयो । 
    

संस्थाका अध्यक्ष इन्दबहादुर खत्रीले सबैको साथ र सहयोगमा टोलका विभिन्न सामाजिक गतिविधि बढाइएको भन्दै सहयोगी प्रति आभार व्यक्त गर्नुभयो ।
    

नेपाली काँग्रेसका नेता तथा समाजसेवी खेमराज अधिकारी, गणेशबहादुर खत्री लगायतले समाजमा यो वा त्यो रुपमा कसैप्रति विभेद नगरी एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
    

अधिवेशनले समितिको आगामी कार्यकालका लागि बलराम केसीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । समितिका उपाध्यक्षमा अप्सरा घिमिरे, सचिवमा विद्या अधिकारी, कोषाध्यक्षमा लिला पराजुली, सह सचिवमा केशकुमारी थापा(ख) रहनुभएको छ । त्यस्तै सदस्यहरूमा नारायणी थापा, लक्ष्मी केसी, निला गुरुङ, संगिता ढकाल र मनिता केसी रहनुभएको छ । अधिवेशनका लागि खेमराज अधिकारीको संयोजकत्वमा गणेश केसी र पार्वती बस्नेत रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो । 
    

नव निर्वाचित अध्यक्ष केसीले सबैको साथ र सहयोगमा टोलका विकास निर्माण लगायतका सामाजिक गतिवधि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्