आफ्नै वाचा विपरित पुरानै ठाउँमा फोहोर फाल्दै पोखरा महानगर
पाेखरा | मंसिर २५, २०७९

पोखराः पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउन करिब तीन साता बाँकी भएपनि ल्याण्डफिट साइटका कारण अझै ढुक्क हुन सकिएको छैैन । कारण हो, पोखराको ल्याण्डफिल साइट ।
हाल प्रयोग भइरहेको साइटमा अझैपनि फोहोर फाँलिदैछ । सोही कारण विमानस्थलको प्रमुख समस्या नै पोखरा महानगरले प्रयोग गरिरहेको ल्याण्डफिल साइट भएको छ ।
पोखरा महानगरपालिकाले विमानस्थल प्रशासनलाई कात्तिक १७ गते एक पत्र पठाई मंसिर १७ देखि हाल प्रयोगमा रहेको ल्याण्डफिल साइटमा फोहोर नफाल्ने जानकारी दिएको थियो । तर आफैले गरेको निर्णय पालना नगरी महानगरले सोही ल्याण्डफिलमा फोहोर फाल्दै आएको छ ।
पोखरा महानगरपालिकाका सूचना अधिकारी जीतेन्द्रजंग केसीले पोखरामा दैनिक उठ्ने फोहोर अहिले पोखरा १४ स्थितको ल्याण्डफिल साइटमा नै फाल्दै आएको बताएका छन् ।
‘नयाँ ल्याण्डफिल साइट हेर्ने काम भइरहेको छ, पोखरा महानगरले उठाउँदै आएको फोहोर पोखरा १४ को ल्याण्डफिल साइटमा फाल्दै आएका छौं, केसीले भने, ‘पोखरा १४ मा ल्याण्डफिलमा फोहोर फाल्ने र रिठेपानी डाँडा कटानबाट आएको माटोले दैनिक फोहोर पुर्ने काम भइरहेको छ । फोहोर पुरिएपछि त्यहाँ फोहोर फाल्दैनौं । नयाँ वैकल्पिक व्यवस्थामा खोज्छौं ।’
अहिले पोखरामा दैनिक १ सय ८८ टन फोहोर संकलन हुन्छ । स्रोतका अनुसार ल्याण्डफिल साइट माटोले पुरेपछि नयाँ ल्याण्डफिल साइट कहाँ बनाउने भनेर अन्तिम चरणको छलफल भइरहेको छ । यसको निर्णय केहि दिनभित्रै हुने जानकारी प्राप्त भएको छ ।
महानगरका सूचना अधिकारी केसीका अनुसार पोखराको फोहोर उठाउने सम्झौता पुष मसान्तसम्म रहेको छ ।
विमानस्थल सञ्चालनको प्रमुख समस्या ल्याल्डफिल साइट
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट जनवरी १ तारिख (पुस १७) बाट सञ्चालनमा ल्याउने विमान स्थलका प्रमुख विक्रम गौतमले जानकारी दिए ।
विमानस्थल सञ्चालनको तयारी के छ ? भन्ने प्रश्नमा प्रमुख गौतमले सबै तयारी पुरा भएको र महानगरले प्रयोग गरिरहेको ल्याण्डफिल साइट प्रमुख समस्या भएको बताए ।
‘एक साता यान्त्रिक उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भएको छ, त्यसको प्रतिवेदन आइसकेको छैन’ गौतमले भने, ‘आवश्यक पर्ने डाँडा कटानसँगै बाँकी काम भइरहेको छ ।’
पोखरा महानगरले प्रयोग गरिरहेको ल्याण्डफिल साइट अझै नसार्दा समस्या भएको र महानगरले चाँडै अर्काे व्यवस्था गर्नेमा गौतम आशावादी छन् । स्थानीय सरकारले प्रतिबद्धता जनाएकाले अब केही दिनमै ल्याण्डफिल साइट व्यवस्था होला भन्दै अन्यथा नयाँ वर्षमा उडान भर्न गाह्रो हुने उनले उल्लेख गरे ।
‘विमास्थल सञ्चालन गर्न हालको ल्याण्डफिल साइट बन्द गर्ने प्रतिवद्धता स्थानीय सरकारले गरेको छ’ गौतमले भने ।
विमानस्थलमा देखिएको ढल व्यवस्थापनको समस्या समाधान भएको प्रमुख गौतमको भनाई छ । ‘विमानस्थल भित्र भएको ढल व्यवस्थापनको समस्या समाधान भइसकेको छ, उनले भने, सडक र सिचाई आयोजनासँग छलफल भइरहेको छ । गौतम भन्छन्, ‘बाहिर उहाँहरुले काम गर्नुभयो भने हामीलाई भित्र समस्या हुँदैन ।’
लागत कति ?
चीनको एक्जिम बैंकको ऋण तथा अनुदान सहयोगमा करिब २२ अर्ब रुपैयाँको लागतमा चिनियाँ निर्माण कम्पनी सिएएमसीले निर्माणको जिम्मा लिएर काम गरिरहेको छ ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार सरकारले वि.सं. २०३२ सालमा ३ हजार १ सय रोपनी र निर्माणाधीन अवस्थामा बाँकी गरी हालसम्म कूल ३ हजार ८ सय ९९ रोपनी जग्गा अधिग्रहण गरिएको छ ।
ढोरपाटन: सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निहुरो र अम्रिसोखेती गरिएको छ । वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३०० रोपनी क्षेत्र...
काठमाडौं: एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत श्रीलङ्का विरुद्धको खेलमा नेपालले फराकिलो गोल अन्तरसहित जित निकालेको छ। नेपालले श्रीलंकालाई ८–० गोल अन्तरले पराजित गरेको हो । मध्यान्तर...
काठमाडौं: नेकपा (एकीकृत समाजवादी)ले पार्टी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी अनुशासन आयोगले पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण मागेको हो । युवा सङ्गठन...