गण्डकी प्रदेश समानुपातिक सांसदमा एमाले कास्कीबाटै परे ४

पाेखरा | मंसिर २५, २०७९

गण्डकी प्रदेश समानुपातिक सांसदमा एमाले कास्कीबाटै परे ४

पोखराः  समानुपातिक तर्फ गण्डकी प्रदेशमा नेकपा एमालेले पाएको समानुपातिक सांसद टुङ्गाएको छ । 


समानुपातिक तर्फ पहिलो दल बनेको नेकपा एमालेले कास्कीबाट चार जना सांसद छनोट गर्दै समानुपातिक सांसद टुङ्गाएको हो । 


कास्कीबाट नेकपा एमालेबाट समानुपातिक तर्फ छनोट हुनेमा देवका पहारी, राजकुमारी भुजेल, प्रकाश केसी, नन्दकला नेपाली छनोट भएका हुन् । 


यस्तै नेकपा एमालेबाट छनोट हुनेमा कृष्णप्रसाद पाठक, लिलाबहादुर थापा, गोविन्दबहादुर नेपाली, नन्दकला दमाई, निर्मला थापा, यशोदा रिमाल, प्रकाश के.शी सांसदमा छनोट भएका हुन् । 

 
कांग्रेसतर्फ सरस्वती गुरुङ, विमला गौचन, रेखा गुरुङ, पार्वती तामाङ, सरस्वती अर्याल, चम्पादेवी खड्का, कल्पना तिवारी, टिकाकुमारी बस्याल र दिलमाया पौवि सांसद सांसदमा छनोट भएका हुन् । 


माओवादी केन्द्रबाट कुशुम बुढा, शुसिला सिंखडा, दमयन्ती रुचाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पन्चराम गुरुङ र विन्दु पहाडी सांसद बनेका हुन् । 


गण्डकी प्रदेशमा समानुपातिक तर्फ पहिलो बनेको नेकपा एमालेले १० जना, काँग्रेसले ९ जना, माओवादी केन्द्रले ३ जना र राप्रपाले २ सांसद पाएका थिए । 


 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्