गण्डकी प्रदेशका सहकारीहरुलाई लक्षित गरी सम्पत्ति शुद्धिकरण सम्बन्धी तीन दिने तालिम शुरु
पाेखरा | मंसिर २५, २०७९
पोखराः गण्डकी प्रदेशमा सञ्चालित सहकारीहरुलाई लक्षित गरी कोपोमिस र सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सञ्चालनका लागी प्रदेश स्तरिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि पोखरामा शुरु भएको छ ।
नेपाल सरकार भुमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी विभाग नयाँ बानेश्वरले केन्द्रीय सहकारी संघ संस्था संगको साझेदारीमा आयोजना गरिएको उक्त तालिम आगामी मंसिर २७ गते सम्म पोखरामा सञ्चालन हुनेछ ।
कार्यक्रमको उद्घाटन गर्दै सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका प्रदेश रजिष्टार रमेश घर्तीले सहकारी तथा गरिबी सम्बन्धी ब्यवस्थापन सूचना प्रणाली (कोपोमिस)ले सहकारीहरुलाई कानुनी हिसावले कडी लगाउने काम गर्ने वताए । सहकारीहरु अझैपनि कानुनी दायरामा आउन नसकिरहेको अवस्थामा कोपोमिस प्रणालिले सहरकारीहरुलाई कानुनी दायरामा ल्याउन सजिलो बनाउने वताउदै सहकारी संचालकहरुले कोपोमिस प्रणालि र सम्पत्ति सुद्धिकरणमा अझैपनि ध्यान नदिदा सहकारी संस्थामा समस्या उत्पन्न भइरहेको बताए ।
गण्डकी प्रदेश भित्र सञ्चालनमा रहेका सहकारीहरुलाई पालिकासंग सहकार्य गरि कोपोमिस तालिम सञ्चालनलाई अभियानका रुपमा सञ्चालन गर्न सके सहकारीहरु सुद्धिकरण भएर जाने वताउदैै घर्ती मगरले सहकारी अभियानमा देखिएका बिकृति, समस्या र चुनौतिहरुलाई सामना गर्न सम्पूर्ण एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । सहकारीमा देखिएका समस्याहरुलाई हल गर्नका लागी आफु र आफ्नो कार्यालय तत्पर रहेको भएतापनि यसमा मुख्य गरी जिल्ला सहकारी संघहरुको मुख्य भुमिका रहने घर्तीको भनाइ रहेको थियो ।
नेपाल सरकार भुमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी बिभाग नयाँ बानेश्वर काठमाडौका इन्जिनियर राजन पाण्डेले सहकारीहरुलाई दायरामा ल्याउनका लागि कोपोमिस र सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धी प्रदेश स्तरिय प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरेको बताए । तालिममा गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेकका ९ वटा जिल्लाका जिल्ला सहकारी संघका प्रतिनिधीहरुको सहभागीता रहेको र तालिमबाट कोपोमिस प्रणालि र सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धि जानकारी लिई आफ्ना मातहतमा रहेका सहकारीहरुलाई समेत उक्त तालिम प्रदान गर्ने उद्देश्य लिइएको पाण्डेले वताए । सहकारीमा मनोमानी गर्ने र नाममात्रैको सहकारीहरुलाई हेर्ने दृष्टीकोणमा फरक बनाइ त्यस्ता ब्यवस्थालाई निर्मुल पार्नु आजको आवश्यक्ता रहेको वताउदै सम्पूर्ण सहकारी संघमा कार्यरत कर्मचारीहरुले त्यसप्रति ध्यान दिन जरुरी रहेको उनको भनाइ रहेको थियो ।
सो अवसरमा बोल्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले सहकारी संघ हरुले कोपोमिस प्रणालीमा सहकारीहरुलाई आवद्ध गराउनमा कार्यक्रममा सहभागीता जनाएका हरुले उल्लेख्य भुमिका खेल्नुपर्नेमा जोड दिइन । सहकारीको मुल मन्त्रलाई सहकारीहरुले आत्मसाथ गर्न नसक्दा अहिलेपनि सहकारीहरुले विभिन्न बाधा अड्चन ब्येहोर्नुपरेको उनको भनाइ रहेको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

