कुमारी बैंकको विशेष साधारणसभाले पारित गर्यो एनसिसीसँगको मर्ज प्रस्ताव
काठमाडाैं | मंसिर २६, २०७९
काठमाडौं: कुमारी बैंक लिमिटेडको विशेष साधारणसभाले नेपाल क्रेडिट एन्ड कमर्स बैंकसँग मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप जंगबहादुर राणाको अध्यक्षतामा भएको विशेष साधारणसभाले मर्जरको सम्बन्धमा अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जरसम्बन्धी बाँकी कार्य र आवश्यक प्रक्रिया पूरा गर्ने प्रस्ताव पारित गरेको हो ।
त्यस्तै, मर्जरसम्बन्धी समझदारीपत्र, संयुक्त मर्जर समिति गठन, दुवै संस्थाको सम्पत्ति तथा दायित्वको मूल्यांकन (डिडिए) गर्न सञ्चालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकका सम्बन्धमा भएको निर्णय पनि अनुमोदन भएको जनाइएको छ । एक–आपसमा गाभ्ने–गाभिने (मर्जर) प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल–अचल सम्पत्ति तथा कारोबारको मूल्यांकन प्रतिवेदन (डिडिए)का आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १स्१ स्वीकृत गर्ने तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित भएको बैंकले जनाएको छ । यसका साथै, सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधासम्बन्धी व्यवस्था संशोधन गर्ने प्रस्ताव पारित भएको उल्लेख छ ।
दुई बैंक मर्जरपश्चात् चुक्ता पुँजी २६ अर्ब रुपैयाँभन्दा बढी हुने तथा शाखा संख्या तीन सय ५५, एटिएम संख्या दुई सय ४४, एक्सटेन्सन काउन्टर संख्या ५१, निक्षेप तीन खर्ब एक अर्बभन्दा बढी र कर्जा दुई खर्ब ७८ अर्बभन्दा बढी हुने जनाइएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

