लान्द्रुकमा हनी हन्टिङ सुरु
पाेखरा | मंसिर २७, २०७९
पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका-७ लान्द्रुकमा हनी हन्टिङ फेस्टिबल २०७९ सुरु भएको छ । मोदी खोला किनारको कोटेसाङ महभीरमा मंगलबारदेखि भीर मह निकाल्न सुरु भएसँगै हनी हन्टिङ फेस्टिबल सुरु भएको हो।
फेस्टिबलको मंगलबार अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै अध्यक्ष केसीले गाउँपालिकाले पर्यटकीय गन्तव्य विकासमा कुनै आर्थिक समस्या हुन नदिने प्रतिबद्धता जनाए । लान्द्रुक पर्यटकीय गाउँ हो । 'कमजोरीलाई सच्याएर सुन्दर बनाउनु छ, उनले भने, गाउँलेले मेहनत गरे गाउँपालिकाले साथ दिन्छ । हनी हन्टिङ पर्यटन विकासको एउटा माध्यम हो । आर्थिक समस्या हुन्छ भन्ने चिन्ता नगर्नुहोला' ।हनी हन्टिङलाई आवश्यक स्रोतसाधनका योजना ल्याउन अध्यक्ष केसीले आग्रह गरे ।

गाउँपालिकाको बजेटबाट लान्द्रुक पुग्ने बाटो दुईतर्फी बनाएर स्तरोन्नति गर्ने उनको प्रतिबद्धता छ । संघ र प्रदेशबाट पनि यो सडकलाई बजेट विनियोजन गर्न पहल गर्ने अध्यक्ष केसीको भनाइ थियो ।
गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले लान्द्रुकको महलाई विदेशसम्म निर्यात गर्न सक्नुपर्ने बताइन् ।
कोटेसाङ भीरमा करिव ३० वटा मौरीका घार छन् । दुई दिन लगाएर ती सबै गोलामा परेको मह निकालिने फेस्टिबल आयोजक समिति सचिव कमल गुरुङले जानकारी दिए । सबै गोलामा मह नहुन पनि सक्छ । मह राम्रै निस्किने भयो भने ३/४ दिन लाग्न सक्छ, उनले भने ।
जेठ र मंसिर गरेर वर्षमा दुईपटक मह काढिन्छ । दोस्रो सिजनको मह निकाल्ने दुई दिनलाई लान्द्रुकमा फेस्टिबल नै आयोजना गरिएको हो ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

