पोखरा आएर महासचिव पोखरेलले भने, ‘मुलुकलाई बलियो राजनीतिक शक्तिको आवश्यकता थियो’
पाेखरा | मंसिर २८, २०७९
पोखरा: नेकपा एमालेका महासचिव शकंर पोखरेलले मुलुकलाई बलियो राजनीतिक शक्तिको आवश्यकता भएको बताएका छन् ।
प्रेस चौतारीद्वारा आज (बुधबार) आयोजित पत्रकार भेटघाटमा बोल्दै पोखरेलले यस्तो धारणा राखेका हुन् ।
उनले गठबन्धनको सरकार लक्ष्यविहिन भएको बताउदै सो समुह मुलुकको हीतविपरित रहेको बताए ।
उनले फरक प्रसंगमा बोल्दै भर्खरै सम्पन्न निर्वाचनबाट अपेक्षित मतपरिणाम नआएको उल्लेख गरे । ‘निर्वाचनको अभियानमा एमाले देशकै ठुलो पार्टीको रुपमा बहुमत प्राप्त गर्ने हिसाबले अगाडि बढेको थियो तर मत परिणाम सोचेजस्तो आएन, उनले भने, ‘हामीले जनताको मनोविज्ञान बुझ्नमा गल्ती गर्यो की भन्ने लागेको छ ।’
उनले राष्ट्रिय पार्टीहरु असफल भएको सन्देश गएको बताउदै सकारात्मक सन्देशका लागि मात्रै एमाले र कांग्रेस मिल्नुपर्ने तर्क राखे । ‘अहिले जुन राष्ट्रिय पार्टीहरु असफल भएको सन्देश गएको बेला त्यसको लागि मात्रै हो कांग्रेस र एमाले मिल्ने भनेको, उनले भने, ‘नत्र दिर्घकालिन हिसाबले हेर्ने हो भने नेपाली कांग्रेस र नेकपा एमाले स्वस्थ्य लोकतान्त्रिक प्रतिस्पर्धाका लागि तयार हुनुपर्छ । किनभने कांग्रेसको नीति र एमालेको नीतिमा भिन्नता छ ।’
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

