पोखरा आएर महासचिव पोखरेलले भने, ‘मुलुकलाई बलियो राजनीतिक शक्तिको आवश्यकता थियो’
पाेखरा | मंसिर २८, २०७९
पोखरा: नेकपा एमालेका महासचिव शकंर पोखरेलले मुलुकलाई बलियो राजनीतिक शक्तिको आवश्यकता भएको बताएका छन् ।
प्रेस चौतारीद्वारा आज (बुधबार) आयोजित पत्रकार भेटघाटमा बोल्दै पोखरेलले यस्तो धारणा राखेका हुन् ।
उनले गठबन्धनको सरकार लक्ष्यविहिन भएको बताउदै सो समुह मुलुकको हीतविपरित रहेको बताए ।
उनले फरक प्रसंगमा बोल्दै भर्खरै सम्पन्न निर्वाचनबाट अपेक्षित मतपरिणाम नआएको उल्लेख गरे । ‘निर्वाचनको अभियानमा एमाले देशकै ठुलो पार्टीको रुपमा बहुमत प्राप्त गर्ने हिसाबले अगाडि बढेको थियो तर मत परिणाम सोचेजस्तो आएन, उनले भने, ‘हामीले जनताको मनोविज्ञान बुझ्नमा गल्ती गर्यो की भन्ने लागेको छ ।’
उनले राष्ट्रिय पार्टीहरु असफल भएको सन्देश गएको बताउदै सकारात्मक सन्देशका लागि मात्रै एमाले र कांग्रेस मिल्नुपर्ने तर्क राखे । ‘अहिले जुन राष्ट्रिय पार्टीहरु असफल भएको सन्देश गएको बेला त्यसको लागि मात्रै हो कांग्रेस र एमाले मिल्ने भनेको, उनले भने, ‘नत्र दिर्घकालिन हिसाबले हेर्ने हो भने नेपाली कांग्रेस र नेकपा एमाले स्वस्थ्य लोकतान्त्रिक प्रतिस्पर्धाका लागि तयार हुनुपर्छ । किनभने कांग्रेसको नीति र एमालेको नीतिमा भिन्नता छ ।’
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...
पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

