नेपालमै पहिलो पटक दोहोरी रियालिटी शो  ‘दोहोरी आइडल’ हुँदै

काठमाडाैं | पुस १, २०७९

नेपालमै पहिलो पटक दोहोरी रियालिटी शो  ‘दोहोरी आइडल’ हुँदै

काठमाडौं:  लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ आयोजना हुने भएको छ ।


 शो  डिएआर मुभिजले आयोजना गर्न लागेको हो ।  नेपालका प्रतिष्ठित ४२ कलाकारहरू बीच प्रतिस्पर्धा रहने बताइएको शो को निर्णायकमा पुरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रिता थापा रहनेछन् । 


नेपालमा पहिलो पटक हुन लागेको दोहोरी रियालिटी शो स्तरीय र निकै आकर्षक बनाइने कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए । शोका विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोस्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन् । माघबाट सुरु हुने दोहोरी आइडल नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्