आई लिग खेल्न महिला राष्ट्रिय टिमका ३ खेलाडी भारत प्रस्थान
काठमाडाैं | पुस १, २०७९

काठमाडौं: महिला राष्ट्रिय टिमका ३ जना फुटबलर आई लिग खेल्न भारत प्रस्थान गरेका छन् ।
राष्ट्रिय महिला टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा, फरवार्ड सावित्रा भण्डारी साम्बा र डिफेन्डर गिता राना भारतीय लिग (आई लिग) खेल्न बिहीबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।
सावित्रो गोकुलम केरेला एफसीमा अनुबन्ध छिन् भने एन्जिला र गिताले सेथु एफसीबाट खेल्नेछन् । आइ लिग माघ १ गतेदेखि फागुन ३ गतेसम्म भारतको केरेलामा हुनेछ ।
गोकुलमबाट सावित्राले दोस्रो पटक पनि मौका पाएकी हुन् । गत वर्ष भने उनी घुँडाको चोटका कारण फुटबलबाट टाढा रहेकी थिइन् ।
दुई वर्षअघि गोलकुलम आई लिग च्याम्पियन बन्दा सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन् । त्यसअघि उनी आबद्ध सेथु पनि आई लिग च्याम्पियन बनेको थियो । एन्जिला र गिताले भने पहिलो पटक भारतीय लिगमा खेल्न लागेका हुन् ।
पोखराः पोखरामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा जङ्गे सार्कीलाई प्रहरीले प्रक्राउ गरेको छ । पोखरा महानगरपालिका–२७ रिठ्ठेपानी बस्ने ५३ वर्षीय जमुना नेपाली सार्कीको हत्या गरेको आरोपमा जङ्ग...
गण्डकी: सडक निर्माणका लागि बजेट अपुग भएपछि बागलुङको ताराखोला गाउँपालिका–३ का बासिन्दाले आर्थिक सहयोग अभियान सुरु गरेका छन् । डोप्टा–बराहखोला जोड्ने सडकमा पर्ने चेवटको भिर काटे...
रसुवा: नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरु भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्याएक...