पोखराको लेकसाइडमा ३ करोडका लागतमा फ्याट् मङकी रेष्टुरेण्ट

पाेखरा | पुस १, २०७९

पोखराको लेकसाइडमा ३ करोडका लागतमा फ्याट् मङकी रेष्टुरेण्ट

पोखराः   पोखरा ६ लेकसाइडको सेन्टर प्वाइटमा फ्याट् मङकी रेष्टुरेण्ट सञ्चालन आएको छ । पोखराका युवा व्वसायी जीवन भट्टराईले फ्याट् मङकी रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् ।


चार तले भवनमा उनले तीनवटा तलामा रेष्टुरेण्ट सञ्चालन गरेका छन् भने पहिलो तलामा व्यवसायीक प्रयोजनका लागि प्रयोग गरेको भट्टराईले बताए । इट, डिङक र भाइब भन्ने नाराका साथ नेपाली, इन्डिएन र अन्य देशका खानाहरुलाई विषेश प्रथामिकता दिएको बताए ।


फ्याट् मङकी रेष्टुरेण्टमा करिब १ सय ५० जनाको सिट क्षमता रहेको छ । मङकीका विभिन्न अवस्था र आकारका पेन्टिङले रेष्टुरेण्टमा आउने व्यक्तिलाई आक्रर्षण गर्ने गरेको उनले भनाई छ । ‘जसरी खाने कुरामा मङकी स्वतन्त्र हुन्छ,’ उनले भने ‘त्यसै गरी फ्याट् मङकी रेष्टुरेण्टमा पनि ग्राहकहरु स्वतन्त्रता पुर्वक खान अडर गरेर खान सक्छन् ।’


उनले मङकीले जसरी भेराइटीहरु खान्छ त्यसै गरी खानाका भेराइटीहरु खान सकिन्छ भने सन्देश दिन फ्याट् मङकी नाम राखेको बताए । अहिले विश्व कप फुटबललाई लक्ष्त गरेर फुटबल हेर्ने सुविधा रहेको उनले बताए । त्यसै गरी पत्येक शुक्रबार र शनिबार लाइभ म्युजिकको समेत रम्न सकिने उनले बताए ।


करिब ३ करोडको लागतमा निर्माण भएको रेष्टुरण्ट कोभिडका कारण ढिलो र लागत समेत बढेको बताए । पोखराको लेकसाइड र काठमाडौंमा नेपाली ब्राण्ड अर्वनयती र स्मोकिङ याक स्टेक हाउस सञ्चालन गर्दै आएका छन् । त्यसै गरी पोखरामा फ्लाइ मङकी प्याराग्लाइडिङ सञ्चालन गर्दै आएका छन् ।   

रुकुम पूर्व: रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लोकमार्ग...

थप पढ्नुहोस्

पोखरा:  छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपमा पहिलो दिन शसस्त्र...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन ।  जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका बिजय बिकले ह...

थप पढ्नुहोस्