प्रज्ञाको प्रदर्शनीमा सात लाखको पुस्तक बिक्री

काठमाडाैं | पुस २, २०७९

प्रज्ञाको प्रदर्शनीमा सात लाखको पुस्तक बिक्री

काठमाडौंः    नेपाल प्रज्ञा प्रतिष्ठानले ३८औँ प्राज्ञसभाको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरेको पुस्तक प्रदर्शनीमा करिब रु सात लाखका पुस्तक बिक्री भएका छन् ।


गत मङ्सिर १५ गतेदेखि प्रतिष्ठानले पठन संस्कृतिको विकासका लागि भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी आयोजना गरेको थियो । मङ्सिर २९ गतेसम्म भएको प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ को कात्तिकसम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएका थिए । राखिएका पुस्तकमध्ये ‘प्रज्ञा शैक्षणिक व्याकरण’, ‘वर्ण व्याकरण’, ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’, चूडानाथ भट्टराईको ‘पौरस्त्य दार्शनिक कृतिहरु’, ‘नेपाली लोकवार्ता’, ‘दर्शनावली भाग एकदेखि नौसम्म’, जगतप्रसाद उपाध्यायको ‘नेपाली दर्शन’, पुस्तक बढी बिक्री भएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।


प्रदर्शनीमा रु तीनदेखि रु तीन हजार ३०५ सम्मका पुस्तक राखिएका थिए । प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद, दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगन लगायत विषयका पठनीय एवम् अति उपयोगी करिब ५०० भन्दाबढी थरीका पुस्तक एवम् पत्रपत्रिका समावेश गरिएका थिए ।


नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशलगायतमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको थियो । प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । माटोको ममता, महेन्द्र प्रवचन माला जस्ता रु तीनदेखि नेपाली बृहत् शब्दकोश रु एक हजार ८९५ सम्मका पुस्तक प्रदर्शनीमा राखिएका थिए । यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेकामा यसपटक पनि त्यस्तै देखिएको प्रतिष्ठानले जनाएको छ ।  

 
प्रज्ञाले वर्षमा कम्तीमा तीनपटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुसमा, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा असारमा प्रदर्शनी आयोजना गरिँदै आएको छ । यसपटक भने प्राज्ञ सभाको अवसर पारेर प्रदर्शनी गरिएको हो ।


प्रज्ञाबाट प्रकाशित पुस्तक विशेष भएकाले साझा प्रकाशन र निजी प्रकाशनमार्फत सातै प्रदेशमा पु¥याएर प्रज्ञाको गरिमा बढाउन लागिएको जनाइएको छ । हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पु¥याउने अभियानका रुपमा पनि प्रदर्शनीलाई अघि बढाइने छ । यसपटकको प्रदर्शनीमा हालै प्रतिष्ठानले प्रकाशन गरेका बदरीनाथ भट्टराईले लेख्नुभएको ‘संस्कृत साहित्यको ंिसंहावलोकन’, शीतल गिरीको ‘साङ्ख्य दर्शनदेखि सत्यहाङ्मा पन्थसम्म’, श्याम खनाल सङ्कलक÷सम्पादक रहेको ‘नयराज पन्तका ज्योतिषी चिन्तन’, अनुवादक र सम्पादक स्नेह सायमी रहनुभएको ‘नेपाल भाषाका समकालीन कविता’, सम्पादक जगतप्रसाद उपाध्याय प्रेक्षित रहनुभएको ‘चूडानाथ भट्टरायका पौरस्त्य दार्शनिक कृतिहरु’ नामक पुस्तक राखिएका थिए ।


यसैगरी लेखक डा बीपी बाजपेयी र अनुवादक डा विज्ञान भिक्षु रहनुभएको ‘विश्व धर्म (प्राणनाथका धर्मको एकीकरण)’, प्रा डा कृष्णचन्द्र शर्माको ‘नेपालमा नाथ योग दर्शनको परम्परा’, डा शुक्रराज अधिकारीको ‘समाजशास्त्रीय दृष्टिमा स्वस्थानी व्रतकथा’, चन्द्रप्रसाद न्यौपानेको ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’, सम्पादक योगेन्द्रप्रसाद यादव रहनुभएको ‘मातृभाषाको रुपरेखा भाग–३’, भीमराज गौतमको ‘कुसुण्डा भाषाको व्याकरण’ र भरतबन्धु थापाको ‘नेपाल इन इमेजेज’लगायत पुस्तक  प्रदर्शनीमा राखिएका थिए 
 

चितवन:  नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ ।  डिभिजन सडक कार्यालय चितवनका प्रमुख नाराय...

थप पढ्नुहोस्

काठमाडौं:  हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ । शनिबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू...

थप पढ्नुहोस्

काठमाडौं:   गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपदका घटना भएका छन् । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो अवधि...

थप पढ्नुहोस्