गाउँपालिकाका अध्यक्षसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडाैं | पुस ३, २०७९
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोक तेमाल गाउँपालिकाका तल्कालीन अध्यक्षसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह लामा,प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछाने,कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका संचालकसहित ७ जनाविरुद्ध आइतबार भ्रष्टाचार मु्द्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डाले जानकारी दिएका छन्।
प्रवक्ता भण्डारीका अनुसार उनीहरुले व्यवसायीसँगको मिलेमतोमा नदीजन्य पदार्थ उत्खनन्सम्बन्धी ठेक्कामा कबोल अंक र सम्झौता अंक फरक पारी राजश्व चुहावट गरेको अनुसन्धानबाट खुलेकाले सातैजनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

