तनहुँमा साढे ३ घण्टापछि खुल्यो अवरुद्ध पृथ्वी राजमार्ग
तनहुँ | पुस ३, २०७९
तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित खानिखोला पुल नजिकैको सडक भाँसिदा अवरुद्ध बनेको राजमार्ग खुलेको छ ।
बिहान १० बजेतिर सडक चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएर दुईतर्फी सवारी आवागमन बन्द हुँदा थुप्रै सवारी साधन जाममा परेका थिए ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार १ः२५ बजेदेखि सडक सुचारु भएको छ । भासिएको स्थानमा ग्राबेल हालेर सडक सुचारु भएपछि अहिले ठूला सवारी साधन एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरी कार्यालय तनहुँले बताए ।
यो सडक खण्डमा अहिले चार लेन सडक विस्तारको काम भइरहेको छ । सडक अवरुद्ध हुँदा अलपत्र परेका सयौँ सवारी साधन अहिल गन्तव्यतर्फ लागेका छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

