नेपालीले विदेशमा गर्ने खर्च ६४ प्रतिशतले बढ्यो
काठमाडाैं | पुस ३, २०७९
काठमाण्डौं: चालु आर्थिक वर्ष २०७९र०८० को पहिलो चार महिनामा नेपालीले वैदेशिक शिक्षाको नाममा साढे २२ अर्ब रुपैयाँभन्दा धेरै खर्च गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्म वैदेशिक शिक्षाका लागि नेपालबाट २२ अर्ब ६१ करोड रुपैयाँ बाहिरिएको छ । यो अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा धेरै हो । अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक शिक्षाका लागि जम्मा १० अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो ।
यस्तै चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको खुद सेवा आय अर्थात् विदेशीले नेपालमा गर्ने खर्च भने १ सय ३७ प्रतिशतले बढेको छ । साउनदेखि कात्तिकसम्म नेपालमा सेवा आयबापत १७ अर्ब ९६ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको चार महिनामा सेवा आय जम्मा सात अर्ब ५८ करोड रुपैयाँ रहेको थियो ।
यस्तै भ्रमण व्यय अर्थात् नेपालीले विदेशमा गर्ने खर्च पनि ६४ प्रतिशतले बढेको छ । चार महिनामा नेपालीले विदेशमा ३३ अर्ब छ करोड रुपैयाँ खर्च गरेका छन् । अघिल्लो आर्थिक वर्षको चार महिनामा २० अर्ब १९ करोड रुपैयाँ खर्च भएको थियो ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

