पहिलो हाफमा २ गोलले अघि अर्जेन्टिना, फ्रान्सलाई उपाधि रक्षा गर्न चुनौती

काठमाडाैं | पुस ३, २०७९

पहिलो हाफमा २ गोलले अघि अर्जेन्टिना, फ्रान्सलाई उपाधि रक्षा गर्न चुनौती

काठमाडौं:   कतारमा जारी फिफा विश्वकप फुटबलमा डिफेण्डिङ च्याम्पियन फ्रान्स र अर्जेन्टिनाबीच जारी फाइनल खेलमा अर्जेन्टिना २ गोलले अग्रता बनाएको छ  ।

 

उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच भइरहेको खेलमा अर्जेन्टिनाका लागि खेलको २३ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कप्तान लियोनल मेस्सीले पहिलो गोल गरे । 

 

डि एरियाभित्र  फ्रान्सका ओसुमाने डेम्बेलेले डी मारियालाई लडाएपछि अर्जेन्टिना पेनाल्टीको अवसर प्राप्त गरेको थियो । 

 

त्यसैगरि खेलको खेलको ३६ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् ।  यता फ्रान्सले गोलको खोजीमा रहेपनि अर्जेन्टिनाका डिफेण्डरहरुले विफल बनाइरहेका छन् ।

 

जारी खेलमा अर्जेन्टिनाले पहिलो हाफमा दबदबा सिर्जना गरेको थियो । अर्जेन्टिनाले विश्वकप २ पटक जितिसकेको छ भने फ्रान्स उपाधि रक्षा गर्ने दाउमा रहेको छ ।

सुर्खेत:  आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...

थप पढ्नुहोस्

चितवन:  पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...

थप पढ्नुहोस्

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

थप पढ्नुहोस्