सुनचाँदी व्यवसायी विकासमाथि गोलि प्रहार, अपराधीलाई प्रकाउ गरी कारवाही गर्न महासंघको माग
काठमाडाैं | पुस ४, २०७९
पोखरा: ‘घोडाघोडि सुन चाँदी कारखाना उद्योग’का सञ्चालक विकास सुनार माथि गोलि प्रहार भएको छ ।
सुदरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित ‘घोडाघोडि सुन चाँदी कारखाना उद्योग’का सञ्चालक सुनारलाई आइतबार साँझ गोलि प्रहार गरिएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ ।
आइतबार साँझ पसलबाट घर फर्कने क्रममा सशस्त्र प्रहरी ब्यारेक र पेट्रोल पम्पको नजिकै दुईजना अपरिचित ब्यक्ति मोटरसाईकलमा आएर एक्कासि गोलि हानेर साथमा रहेको सुनचाँदीका गर–गहनाहरु र नगद भएको झोला लुटेर लगेको पिडित परिवारका एक सदस्यले बताए ।
व्यवसायी सुनारको हाल धनगढी स्थित माया मेट्रो हस्पिटलमा उपचार भइरहेको र खतरामुक्त रहेको पारिवारिक स्रोतले जनाएको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सोमबार विज्ञप्ती जारी गर्दै भनेका छन, ‘स्थानीय व्यस्त बजारको प्रमुख चोकमा रहको पसलमा त्यति ठूलो आपराधिक घटना हुनु सुरक्षा संयन्त्र माथि नै चुनौति खडा हुनु हो, तसर्थ घटनालाई तीव्रतका साथ अनुसन्धान गरी अपराधीलाई कानूनको दायरमा ल्याउन र पीडितलाई क्षति पूर्ति र न्यायको लागि आवश्यक पहल गर्र्न सम्बन्धित निकायसंग महासंघ जोडदार माग गर्दछ र सम्पूर्ण व्यवसायीहरुमा सुरक्षा संयन्त्रलाई उक्त घटना छानविन गर्न साथ र सहयोग गर्न हार्दिक अपिल गर्दछ ।’
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

