सुनचाँदी व्यवसायी विकासमाथि गोलि प्रहार, अपराधीलाई प्रकाउ गरी कारवाही गर्न महासंघको माग
काठमाडाैं | पुस ४, २०७९
पोखरा: ‘घोडाघोडि सुन चाँदी कारखाना उद्योग’का सञ्चालक विकास सुनार माथि गोलि प्रहार भएको छ ।
सुदरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित ‘घोडाघोडि सुन चाँदी कारखाना उद्योग’का सञ्चालक सुनारलाई आइतबार साँझ गोलि प्रहार गरिएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ ।
आइतबार साँझ पसलबाट घर फर्कने क्रममा सशस्त्र प्रहरी ब्यारेक र पेट्रोल पम्पको नजिकै दुईजना अपरिचित ब्यक्ति मोटरसाईकलमा आएर एक्कासि गोलि हानेर साथमा रहेको सुनचाँदीका गर–गहनाहरु र नगद भएको झोला लुटेर लगेको पिडित परिवारका एक सदस्यले बताए ।
व्यवसायी सुनारको हाल धनगढी स्थित माया मेट्रो हस्पिटलमा उपचार भइरहेको र खतरामुक्त रहेको पारिवारिक स्रोतले जनाएको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सोमबार विज्ञप्ती जारी गर्दै भनेका छन, ‘स्थानीय व्यस्त बजारको प्रमुख चोकमा रहको पसलमा त्यति ठूलो आपराधिक घटना हुनु सुरक्षा संयन्त्र माथि नै चुनौति खडा हुनु हो, तसर्थ घटनालाई तीव्रतका साथ अनुसन्धान गरी अपराधीलाई कानूनको दायरमा ल्याउन र पीडितलाई क्षति पूर्ति र न्यायको लागि आवश्यक पहल गर्र्न सम्बन्धित निकायसंग महासंघ जोडदार माग गर्दछ र सम्पूर्ण व्यवसायीहरुमा सुरक्षा संयन्त्रलाई उक्त घटना छानविन गर्न साथ र सहयोग गर्न हार्दिक अपिल गर्दछ ।’
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

