उदयपुरमा जिप दुर्घटना, १ को मृत्यु ५ घाइते

उदयपुर | पुस ४, २०७९

उदयपुरमा जिप दुर्घटना, १ को मृत्यु ५ घाइते

उदयपुर:  उदयपुरमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका १० मा सोमबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका हुन् । 


दुर्घटनामा गम्भीर घाइते भएका उदयपुरकै ताप्ली गाउँपालिका १ का ६५ वर्षीय मिनबहादुर सार्कीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । अन्य घाइतेहरूलाई उपचारको लागि कटारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।


प्रदेश २–०१–००१ च ००५० नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट करिब एकसय मिटर तल खसेको थियो । बोलेरो चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ  ।

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्