पोखरामा झव: भ्वय तथा सांस्कृतिक उत्सव हुने
पाेखरा | पुस ४, २०७९
                                
                            पोखरा: पोखरामा झव: भ्वय तथा सांस्कृतिक उत्सव हुने भएको छ । नेवा: खल कास्की र नेवा: मिसा पुच: कास्कीको आयोजनामा यही पुस ९ गते तेस्रो संस्करणको उत्सव आयोजना हुन लागेको हो ।
नेवारी संस्कृति र खानपानको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको नेवा: मिसा पुच: का संस्थापक अध्यक्ष शान्ति उदासले जानकारी दिइन् । पोखरामा पहिलोपटक २०७२ सालमा झव: भ्वयको आयोजना गरिएको थियो । हरेक २/२ बर्षमा आयोजना हुने नेवारी भोज कोरोनाका कारण नियमित हुन नसकेको उनले बताइन् ।
परम्परादेखि चलिआएको प्रचलनलाई युृवा पुस्ताले बिस्तारै भुल्दै गएकाले नयाँ पुस्तालाई ‘फुड कल्चर’ का बारेमा जानकारी गराउन कार्यक्रमले सघाउ पुग्ने संयोजक मोहिनी श्रेष्ठले बताइन् ।
कार्यक्रममा नेवारी परिकारका साथै कुमारी नाच, बज्रयोगिनी नाच समेत प्रस्तुत गरिने नेवाः मिसा पुचः का अध्यक्ष मेनुका श्रेष्ठले जानकारी दिइन् । १ हजार २ सय जनालाई भोज खुवाइने अध्यक्ष श्रेष्ठले बताइन् । कार्यक्रम भिमसेनटोलस्थ्ति नेवा: छे: मा आयोजना हुने छ ।
विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । कार्यक्रम संयोजकमा मोहिनी श्रेष्ठ, अतिथि सत्कारमा शान्ति उदास, आर्थिक व्यवस्थापनमा सोनी ढेवाजु, सांस्कृतिक संयोजकमा रेविका श्रेष्ठ, टिकट व्यवस्थापनमा किरण श्रेष्ठ, प्रचारप्रसार संयोजकमा शान्ति प्रधानाङ्ग, साज सज्जामा देविका श्रेष्ठ तथा व्यानर व्यवस्थापनमा रेखा कर्माचार्य रहेका छन् ।
कार्यक्रमलाई सुजल फुड्स, फिस्टेल डेरी, वोन्डाइ क्याफे, कृष्ण राइस मिल लगायतका संघ संस्थाले प्रयोजन गरेका छन् भने नेपाल पर्यटन वोर्ड पोखरा प्रवद्र्धकका रुपमा रहेको छ ।
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका –१०, रामघाट...
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...
                    
