३० हजार पुरस्कारमा साइकल सरर...
पाेखरा | पुस ४, २०७९
पोखराः दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिताको तयारी पुरा भएको छ ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र साइकल सिटी पोखराको संयोजनमा हुने दोस्रो राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिताको तयारी पुरा भएको सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
टुर दि पोखराको संयोजक राजन गोङ्गजुका अनुसार दोस्रो राष्ट्रिय मेयरकप साइकलन दौड प्रतियोगितामा महिला र पुरुष तर्फ प्रथम, द्धितिय, तृतिय र सात्वना हुने प्रतियोगिले ३० हजार, २० हजार, १० हजार र ५÷५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै ४० वर्ष माथिको राष्ट्रिय साइकल दौड प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्धितिय हुनेले ७ हजार र तृतिय हुनेले ५ हजार पुरस्कार प्राप्त गर्ने टुर दि पोखराको संयोजक राजन गोङ्गजुले बताए । मंगलबार फुशखोला छोरेपाटन पोखरामा हुने दोस्रो राष्ट्रिय मेयरकप साइकलन दौड प्रतियोगितामा ८० टिमको सहभागिता हुनेछ । प्रतियोगितामा ६० ले नामदर्ता गरेका छन् ।
टुर दि पोखराको तयारी पुरा
साइकल सिटी पोखराले आयोजना गरेको टुर दि पोखराको तयारी पुरा भएको छ ।
दुई वर्ष कोरोना भाइरसको कारणको रोकिएको छैटौं टुर दि पोखरा यो वर्ष ‘थोपा थोपा इन्धन बचाऊ’ मुख्य नारा सहित कार्यक्रम आयोजना गरेको हो ।
बाह्य शहरबाट आन्तरिक तथा बाह्य साइकल पर्यटकहरु आमन्त्रण गरी बागलुङको शालिग्राम, संग्रहालय, बागलुङ बजार र कुश्मा बजारमा पर्यटन प्रवद्र्धन गर्न पहिलो पटक स्थानीय तहसँग सहकार्य गरेको साइकल सिटी पोखराले जनाएको छ ।
साइकल सिटी पोखराले पौष ७ गते छैटौं टुर दि पोखराको आयोजनामा बागलुङको कालिका मन्दिरदेखि विन्ध्यवासिनी मन्दिरसम्म ७२ किलोमिटर सडकमा १ सय २० जनाले साइकल ¥याली गर्नेछन् ।
यस्तै पुष ९ गते पोखराको प्रर्दशनी केन्द्र, नयाँबजार, महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टी, नालामुख, बागबजार, टुडिखेल, हरिचोक, मिरुवा, जिरोकिमि, सभागृहचोक, बिपिचोक, महेन्द्रपुल, रानीपौवा, सितलादेवि, भद्रकालीस्कुल, मियाँपाटन, ३२ केभी, अमरसिँह,कालिकाचोक, बुद्धचोक, पृथ्वीचोक र पुनः प्रर्दशनीकेन्द्रमा आएर साइकल ¥याली सम्पन्न हुनेछ । स्लो साइकल प्रतियोगितासँगै लायन्स क्लब अफ पोखरा ग्रिन हिलको सककार्यमा रक्तदानसँगै सांगितिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

