‘मेमोरी किङ’ शर्मालाई देउवाद्वारा बालुवाटारमा बधाई
काठमाडाैं | पुस ५, २०७९
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मेमोरी किङ’ का रूपमा परिचित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिएका छन्।
स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका अर्पणलाई प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिइएको हो। प्रधानमन्त्री देउवाले दोस्रो विश्व रेकर्ड राखेको जानकारी पाएपछि सोमबार उनलाई आफ्नो निवासमा बोलाउँदै बधाई ज्ञापन गरेका हुन्।
शर्माले एक मिनेटमा ८३ वस्तुहरूको क्रम स्मरण गरेर दोस्रो विश्व कीर्तिमान कायम गरेका छन्। उनले आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरूको प्रयोगबाट कीर्तिमान राख्न सफल भएको बताए।
‘यो विश्व रेकर्डको प्रमाण पत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीहरूको भएको महसुस गर्दै आगामी दिनमा अझै वर्ल्ड रेकर्डहरू राखेर नेपालको नाम विश्व सामु फैलाउँछु,’ उनले भने।
अर्पणले आफ्नो स्मरण शक्ति तालिमद्वारा विद्यार्थीहरूको पनि स्मरण शक्ति बढाई शिक्षा क्षेत्रमा मद्दत पुर्याइरहेका छन्।
शर्माले यसअघि सन् २०१५ मा १ मिनटमा ४२ वस्तुहरूको क्रम स्मरण गरेर गिनिज बुकमा आफ्नो नाम लेखाएका थिए।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

