अंगरक्षा तथा कानुनी सचेतना सम्बन्धी तालिम सम्पन्न

पाेखरा | पुस ५, २०७९

अंगरक्षा तथा कानुनी सचेतना सम्बन्धी तालिम सम्पन्न

पोखरा:   गुरु फिजिकल ट्रेनिङ सेन्टर प्रालिको आयोजनामा पोखरा ३२ को ब्रह्म रुपा मा वी भएको १ हप्ते अंग रक्षा सम्बन्धी तालिम तथा कानुनी चेतना कार्यक्रम सम्पन्न भएको छ ।


पोखरा महानगरपालीका र पोखरा ३२ को सहयोगमा मङ्सिर २८ देखि पुष ५ गते सम्म संचालित कार्यक्रमको समापन गर्दै बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष दुर्गालाल पण्डीतले बिध्यार्थीलाइ लक्षित तालिममा सिकेको सिपलाइ व्यहारमा ल्याउनका साथै अरुलाई पनी बाँडनुपर्ने धारणा राखे । 


उक्त अवसरमा वडा नं ३२  का वडा तिर्थ सुयलले आजको समयमा अंगरक्षा तालिम अपरिहार्य रहेको बताए । सदस्य शोभा बिकले वडाको अन्य विद्यालयमा पनि अंगरक्षक र कानुनी सचेतना तालिम लैजानुपर्ने बताइन । 


वडा सदस्य सावित्री पण्डीत महिलको क्षमता विकासमा तालिमले सहयोग पु¥याएको बताइन । धर्म वस्नेतले निवर्तमान वडा सदस्य संम्भावतित दुर्घटनाबाट बच्नको लागि तालिमको आवस्यकता परेको बताए  । 


बिद्यालयका प्रध्यानध्यापक जनार्दन सुवेदी विद्यार्थीको क्षमता अभिबृदिको लागि अन्य कार्यक्रमको पनि आवस्यक परेको बताए । अन्य कार्याक्रम गर्नको लागि जनप्रतिनिधीको ध्यान दिनुपर्ने बताए । 
कक्षा  १० की छात्रा डीम्पल बि कले अंगरक्षक तथा कानुनी सचेतना कार्यत्रलमले सकरात्मक उर्जा दिएको बताइन । 


कक्षा ७ देखि १२ सम्मका बिध्यार्थीहरुलाइ लक्षीत गरी आयोजना गरीएको तालीममा करिब ५ सय विद्यार्थी सहभागी रहेका छन् । गुरु फिजिकल ट्रेनिङ सेन्टरका संचालक सुरेश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विजय नेपालीले गरेका थिए ।
 

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्