महामन्त्री भएको वर्ष दिन हुदैछ, अहिल्यै मन्त्री बन्ने लाइनमा छैनः महामन्त्री शर्मा
काठमाडाैं | पुस ६, २०७९
काठमाडौं: नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्ने लाइनमा आफू नरहेको स्पष्ट पारेका छन् ।
बुधबार काँग्रेस संसदीय दलको नेताको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले नयाँ सरकारमा मन्त्री बन्नेतिर आफू नलाग्ने बताए । उनले पार्टी कार्यालयमा बसेर गर्ने आफ्नो कामहरु धेरै भएको बताए ।
उनले पार्टीले महामन्त्री बनाएको वर्ष दिन मात्रै भएको भन्दै पार्टीलाई सुसंगठित गर्ने धेरै कामहरु आफ्नो जिम्मामा रहेको बताए । महामन्त्री शर्माले सरकारमा जाने पार्टीका नेताहरुलाई घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धताअनुसार काम गर्न आग्रह गर्ने कुरामा आफू लाग्ने पनि बताए ।
महामन्त्री शर्माले सरकारमा जाने सांसदहरुको संयोजन लगायतका कामहरु अघि बढाउने कुरामा आफू लाग्ने बताए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

