रहीनन् राष्ट्रिय सौन्दर्यकर्मीका केन्द्रीय अध्यक्ष पवी गुरुङ
पाेखरा | पुस ६, २०७९
पोखराः राष्ट्रिय सोन्दर्यकर्मी संघकी केन्द्रीय अध्यक्ष पवी गुरुङको निधन भएको छ । क्यान्सर रोगबाट ग्रसित गुरुङको चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उनको निधनपश्चात सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण भइरहेको छ ।
सौन्दर्यकर्मी तथा गण्डकी प्रदेशका निवर्तमान सांसद तथा मीना गुरुङले शालिन तथा कुशल नेतृको निधनले मर्माहत भएको सुनाइन् । ‘पोखराले जन्माएको एक सोन्दर्यकर्मी पवी गुरुङ हामी माझ रहनुभएन, गुरुङले भनिन्, ‘मृगौलामा पट्ठरी परेको छ भन्ने जानकारी पाएका थियौं, उपचार गर्न सुझाव दिएको पनि हो, फिस्टेलमा चेकजाँच गरेपछि भरतपुर जान सल्लाह दिएको पायौं, यहाँ आएर मैले केही दिन अगाडी भेटेपनि, निकै असल र कुशल हुनुहन्थ्यो । अहिले उहाँ हामीमाझ नरहेपनि सधै सम्झिरहनेछौं ।’
पोखरा स्थायी घर भएका स्वर्गीय गुरुङ राष्ट्रिय सोन्दर्यकर्मीको नवनिर्वाचित केन्द्रीय अध्यक्ष हुन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

