गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्यको सपथ पुस १३ गते
पाेखरा | पुस ६, २०७९
पोखराः गण्डकी प्रदेशसभा सदस्यामा जनताबाट चुनिएका सदस्यमध्ये ज्येष्ठ सदस्यलाई यही पुस १३ गते पद तथा गोपनीयताको सपथ गराइने भएको छ ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८२(५) र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५(१) बमोजिम उक्त दिन ११ बजे प्रदेश प्रमुखको निवास सिमलचौरमा सपथ गराउनुहुने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोख्रेलका अनुसार गण्डकी प्रदेशसभामा ज्येष्ठ सदस्य पर्वत निर्वाचन क्षेत्र नं १(२) बाट निर्वाचित मित्रलाल बस्याल रहनुभएको छ । ज्येष्ठ सदस्य बस्यालले पुस १४ गते गण्डकी प्रदेशसभाका अन्य सदस्यलाई पद तथा गोपनीयताको सपथ गराउनुहुने उहाँले बताउनुभयो ।

पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

