यू२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आयोजक बंगलादेशसँग भिड्दै
काठमाडाैं | पुस ७, २०७९
काठमाडौं: बंगलादेशमा आज (बिहीबार) देखि बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिप शुरु हुँदैछ ।
बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा आजदेखि शुरु हुने च्याम्पियनसिपमा नेपालले च्याम्पियनसिपको पहिलो खेलमा आयोजक बंगलादेशसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेपछि हुनेछ ।
पछिल्लो समय उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरिरहेको बंगलादेशलाई स्तब्ध पार्दै नेपाल जितको लक्ष्यमा कोर्टमा उत्रनेछ । नेपाली टोली धिरोज कुमार बस्नेतको कप्तानीमा मैदान उत्रनेछ । टोलीसँग धिरोजसँगै हेमन्त मल्ल, रवि केसी, सफल विक र रुप बहादुर गुरौ लगायतको साथ रहेको छ । आज नै ६ः१५ बजे किर्गिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

