पृथ्वीनारायण क्याम्पसमा सप्ताहव्यापी खेलकुद
पाेखरा | पुस ७, २०७९
पोखराः पृथ्वीनारायण क्याम्पसले अन्तर संकाय सप्ताहव्यापी खेलकुद कार्यक्रम आयोजना गरेको छ ।
नेपालकै दोस्रो ठुलो आंगिक कलेजका रुपमा परिचित पोखरा महानगर १ स्थित पृथ्वीनारायण क्याम्पसले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आएको नियमित प्रतियोगितालाई दिएको हो ।
पृथ्वीनारायण क्याम्पसको आयोजना र विद्यार्थी कल्याण तथा खेलकुद शाखाको संयोजनमा पुष १० देखि १४गते प्रतियोगिता सञ्चालन हुने क्याम्पस प्रमुख डा. सरोज कोइरालाले बताए ।
उनका अनुसार सप्ताहव्यापी प्रतियोगितामा अन्तरसंकाय फुटबल छात्र÷छात्रा, बास्केटबल छात्र/छात्रा, टेबुल टेनिस छात्र/छात्रा, बुद्विचाल छात्र/छात्रा, भलिबल छात्र/छात्रा, पुरुष क्रिकेट, एथ्लेटिक्सतर्फ ५ कि.मि सडक दौड छात्र, छात्रा र अतिरिक्त क्रियाकलाप तर्फ निबन्ध लेखन, वक्तृत्वकला र कविता लेखन गरि १० विधामा प्रतियोगिताहरु सञ्चालन हुनेछन् ।

३ वर्ष कारोना भाइरसका कारण खेलकुद कार्यक्रम आयोजना गर्न नसकेको क्याम्पस प्रमुख डा. कोइरालाले बताए । ‘पत्येक वर्ष क्याम्पसले अन्तरसंकाय स्तरीय प्रतियोगिता आयोजना गर्दै आएको छ, उनले भने, ‘ ३ वर्ष कोरोना भाइरसको कारण प्रतियोगिता सञ्चालन गर्न सकेनौं अब प्रतियोगितालाई निरन्तरता दिन्छौं । ’
शिक्षा संकायका सहायक प्रमुख यादव राज अधिकारीले आज (बिहिबार) सम्म टिम दर्ताको समय भएको र प्रतियोगितामा विद्यार्थीको संख्या बढी रहेको बताए ।
‘लामो समय पछिको यस खेलकुद प्रतियोगितामा विद्यार्थीहरुको सहभागिता उल्लेख्य देख्न सकिन्छ, उनले भने, ‘ प्रतियोगितामा विद्यार्थीहरुको घुइचो बढेर आएको छ । आज सम्म टिम दर्ता प्रक्रिया पुरा हुन्छ, कुन खेलमा कति संख्या छ त्यै अनुसारको खेल हामिले निर्धारण गर्छौँ । खेल तालिका भोलिसम्म सार्वजनिक गर्छौं ।’
खेलकुद मेजर प्रतियोगितामा विजेताहरुले ट्रफी, मेडल,प्रमाणपत्र र नगद पाउने छन् । त्यस्तै एथ्लेटिक्स र अतिरिक्त क्रियाकलापतर्फका विजेताहरुले मेडल, प्रमाणपत्र र नगद पाउने अधिकारीले बताए ।
यस्तै क्याम्पसले प्राध्यापक र कर्मचारीहरु बिच ‘मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत आयोजना गरेको छ ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

