पृथ्वीनारायण क्याम्पसमा सप्ताहव्यापी खेलकुद

पाेखरा | पुस ७, २०७९

पृथ्वीनारायण क्याम्पसमा सप्ताहव्यापी खेलकुद

पोखराः    पृथ्वीनारायण क्याम्पसले अन्तर संकाय सप्ताहव्यापी खेलकुद कार्यक्रम आयोजना गरेको छ । 


नेपालकै दोस्रो ठुलो आंगिक कलेजका रुपमा परिचित  पोखरा महानगर १ स्थित पृथ्वीनारायण क्याम्पसले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आएको नियमित प्रतियोगितालाई दिएको हो । 


पृथ्वीनारायण क्याम्पसको आयोजना र  विद्यार्थी कल्याण तथा खेलकुद शाखाको संयोजनमा पुष १० देखि १४गते  प्रतियोगिता सञ्चालन हुने क्याम्पस प्रमुख डा. सरोज कोइरालाले बताए । 


उनका अनुसार सप्ताहव्यापी प्रतियोगितामा अन्तरसंकाय फुटबल छात्र÷छात्रा, बास्केटबल छात्र/छात्रा, टेबुल टेनिस छात्र/छात्रा, बुद्विचाल छात्र/छात्रा, भलिबल छात्र/छात्रा, पुरुष क्रिकेट, एथ्लेटिक्सतर्फ ५ कि.मि सडक दौड छात्र, छात्रा र अतिरिक्त क्रियाकलाप तर्फ निबन्ध लेखन, वक्तृत्वकला र कविता लेखन गरि १० विधामा प्रतियोगिताहरु सञ्चालन हुनेछन् । 

 


३ वर्ष कारोना भाइरसका कारण खेलकुद कार्यक्रम आयोजना गर्न नसकेको क्याम्पस प्रमुख डा. कोइरालाले बताए ।  ‘पत्येक वर्ष क्याम्पसले अन्तरसंकाय स्तरीय प्रतियोगिता आयोजना गर्दै आएको छ, उनले भने, ‘ ३ वर्ष कोरोना भाइरसको कारण प्रतियोगिता सञ्चालन गर्न सकेनौं अब प्रतियोगितालाई निरन्तरता दिन्छौं । ’


शिक्षा संकायका सहायक प्रमुख यादव राज अधिकारीले आज (बिहिबार) सम्म टिम दर्ताको समय भएको र प्रतियोगितामा विद्यार्थीको संख्या बढी रहेको बताए । 


‘लामो समय पछिको यस खेलकुद प्रतियोगितामा विद्यार्थीहरुको सहभागिता उल्लेख्य देख्न सकिन्छ, उनले भने, ‘ प्रतियोगितामा विद्यार्थीहरुको घुइचो बढेर आएको छ ।  आज सम्म टिम दर्ता प्रक्रिया पुरा हुन्छ, कुन खेलमा कति संख्या छ त्यै अनुसारको खेल हामिले निर्धारण गर्छौँ । खेल तालिका भोलिसम्म सार्वजनिक गर्छौं ।’


खेलकुद मेजर प्रतियोगितामा विजेताहरुले ट्रफी, मेडल,प्रमाणपत्र र नगद पाउने छन् । त्यस्तै एथ्लेटिक्स र अतिरिक्त क्रियाकलापतर्फका विजेताहरुले मेडल, प्रमाणपत्र र नगद पाउने अधिकारीले बताए । 
यस्तै क्याम्पसले प्राध्यापक र कर्मचारीहरु बिच ‘मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत आयोजना गरेको छ । 

  

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्