बागलुङ कालिकादेखि पोखरा विन्ध्यवासिनीसम्म साइकल यात्रा

पाेखरा | पुस ८, २०७९

बागलुङ कालिकादेखि पोखरा विन्ध्यवासिनीसम्म साइकल यात्रा

बलेवा:  पर्यटन प्रबद्र्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्याली सुरु भएको छ । साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग वाणिज्य सङ्घ र शालिग्राम सङ्ग्रहालयलगायतका संस्थाको समन्वयमा साइकल र्यालीको आयोजना गरिएको हो ।


साइकल र्यालीको गण्डकी प्रदेशका पर्यटन, उद्योगा, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बागलुङ कालिका मन्दिरमा उद्घाटन गरे । उनले पर्यावरणको रक्षा र पर्यटन प्रबद्र्धनका लागि र्यालीको महत्वपूर्ण सन्देश रहेको बताए ।


साइकल र्यालीले वातावरण संरक्षणमा चेतनामूलक सन्देश प्रवाह गर्दै बागलुङ र पोखरालाई पर्यटनका माध्यमबाट नजिक बनाउने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बताए ।


पोखरामा हुँदै गरेको मेयरकप साइकल दौड प्रतियोगिताका अवसरमा पोखरा आउने पर्यटकलाई बागलुङसम्म आउने वातावरण बनाउन र्यालीका लागि अनुरोध गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।


‘साइकल र्यालीको बागलुङमा मिलेर व्यवस्थापन गरेका र्छौं’, बागलुङ नगरपालिकाका कार्यबाहक नगर प्रमुख कोपिलामणि शर्माले भने, ‘पोखरा आउने पर्यटकलाई बागलुङमा पनि घुम्ने ठाउँछन् भन्ने सन्देश र्‍यालीले दिनेछ ।’


साइकल र्यालीमा काठमाडौं, सिन्धुपाल्चोक, बाँके, रुपन्देही, सुनसरी, नुवाकोट, धादिङ, स्याङ्जा, तनहुँ लगायतका जिल्लाबाट २ सय यात्रीको सहभागिता छ । पोखरादेखि सिधैँ मुस्ताङ जाने पर्यटकले यसपछि बागलुङको बाटो रोज्न सक्ने विश्वास लिइएको छ ।


विदेशी साइकल पर्यटक तथा अन्तरिक पर्यटनलाई आमन्त्रण गर्दै ‘थोपा थोपा इन्धन बचाउ’ भन्ने नाराका साथ पोखरामा आयोजना गरिएको प्रतियोगिताको सन्देश बागलुङबाट दिइएको हो । साइकल र्‍याली बागलुङ कालिकाबाट सुरु भइ पर्वतको कुश्मा बजार हुँदै पोखराको विन्धवासिनी मन्दिर पुगेर समापन हुनेछ ।

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्