प्रदेशसभाको पहिलो बैठक पछि मात्र सरकार गठनको प्रक्रिया थालिने

काठमाडाैं | पुस ८, २०७९

प्रदेशसभाको पहिलो बैठक पछि मात्र सरकार गठनको प्रक्रिया थालिने

काठमाडौं:  बागमती प्रदेश सरकार गठनको प्रक्रिया प्रदेशसभाको पहिलो बैठक पछि मात्र सुरु हुने भएको छ । बागमती प्रदेशसभा सचिवालय हेटौंडामा शुक्रबार बसेको सर्वदलीय बैठकले पुस १७ वा १८ गते प्रदेशसभाको पहिलो बैठक बस्ने निर्णय गरेको र उक्त बैठक पश्चात् मात्र सरकार गठनको प्रक्रिया थाल्ने बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।


उनका अनुसार सरकार गठनका लागि दलहरू तत्काल तयार नभएको र दलहरू संसदीय समिति गठनमा केन्द्रीत रहेकाले संसदको पहिलो बैठक पछि मात्र सरकार गठनको प्रक्रिया सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेको उनले बताए ।


पछिल्लो समय दोहोरो भूमिकामा देखिनु भयो नि ? अब के राजीनामा दिनु हुन्छ कि ? के छ तयारी ? भन्ने प्रश्नमा मुख्यमन्त्री पाण्डेले नयाँ सरकारलाई आफूले नेतृत्व हस्तान्तरण गर्नुपर्ने र कार्यवाहक दिन नमिल्ने भएकाले संविधानको अधिनमा रहेरै आफूले जिम्मेवारी सम्हालिरहेको बताए ।


‘मैले राजीनामा दिइसकेको पनि हुन सक्छु नि ? तपाईँलाई थाहा नभएको पनि हुन सक्छ नि । त्यसैले नयाँ सरकारलाई मैले नेतृत्व हस्तान्तरण गर्ने हो । मैले कसैलाई कार्यवाहक दिन पनि मिल्ने अवस्था होइन । यो जिम्मेवारी संविधानको अधीनमा रहेर नै लिएको हो’ उनले भने ।


उनले संविधानलाई अक्षरश पालना गर्ने मध्येको आफू एक व्यक्ति भएकाले प्रदेश प्रमुखसँगको छलफलमा काम चलाउ सरकारको नेतृत्व पनि आफैले गर्नुपर्ने अवस्था आउने भएकाले अहिले यही हो भन्न नमिल्ने बताए ।


‘म संविधान बनाउने मध्येको एक हो । त्यसको अक्षरसः पालना गर्नेमा म पनि एक हो । संविधानमा कहि कतै यस विषयमा लेखिएको छैन । त्यसैले मैले सरकारको नेतृत्वको विषयमा प्रदेश प्रमुखज्यूसँग पनि सल्लाह गरेको छु । काम चलाउ सरकारको नेतृत्व पनि आफैले गर्नु पर्ने अवस्था रहेको छ । अहिले नै केही भन्न मिल्ने अवस्था छैन’ उनले भने ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्